- Loading...
लोकबहादुर गुरुङ स्मृति पुरस्कार आश गुरुङलाई

- पुनहिल डट कम
- ५ साल अघि
- २३९ पटक पढिएको
यसवर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका सचिव रोशनी गुरुङ संयोजक तथा प्रतिष्ठानका अध्यक्ष पदेन सदस्य एवं अग्रज पत्रकार गणेशमान गुरुङ सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकलेआश गुरुङलाई यसवर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
वरिष्ठ संस्कृतिकर्मी, गीतकार तथा चलचित्र निर्देशक स्व. लोकबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको सो प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ । यसवर्ष भदौ १९ गते स्व. गुरुङको छैठौ स्मृति दिवसको सन्दर्भ पारेर गुरुङलाई नगद ३५ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने छ ।
लमजुङको क्होंलासोंथर गाउँपालिका वडा नं. ४ भुजुङमा बाबा मंगले गुरुङ र आमा आइतकुमारी गुरुङको कोखबाट जन्मिनु भएका पत्रकार आश गुरुङले वि.सं. २०५९ सालबाट पत्रकारिता सुरु गरेका हुन । तमू संसार त्रैमासिक पत्रिका र लमजुङको अन्तरंग साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका आस अहिले कान्तिपुर दैनिकमा अवद्ध उनी पत्रकार महासंघ लमजुङका अध्यक्ष पनि हुन । source-rediochautari.org

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























