FLASH NEWS
  • Loading...

शनिबार थपिए ४६८ जना, संक्रमितको संख्या २६ हजार नाघ्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१० पटक पढिएको
शनिबार थपिए ४६८ जना, संक्रमितको संख्या २६ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका ३९ प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ जना पुगेको छ ।

देशभर हाल विभिन्न जिल्लाका क्वारेन्टाइनहरुमा १४ हजार ४ सय ४८ जना रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम शनिबार पनि कायमै रह्यो । काठमाडौं उपत्यकामा शनिबारमात्रै ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले  बताए ।

पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना उपचारपछि घर फर्कन फर्केका छन । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ६६.१ प्रतिशतलाई निको भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण शनिबार पनि ३ जनाको दुखद निधन भएको मन्त्रालयले घोषणा गरेको छ । उहाँहरुमध्ये कपिलवस्तुका १ जना पुरुष, पर्साका १ जना पुरुष र धनुषामा पनि १ जना पुरुषको दुःखद निधन भएको छ ।

कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका वडा नं. १ निवासी ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा साउन ३१ गते निधन भएको छ । यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं. १२ वस्ने ६० वर्षीय एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।
धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षीय पुरुषको पनि साउन २९ गते कोरोना भाइरस संक्रमणका कारण दुखद निधन भएको छ । योसहित कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या अब नेपाल १०२ पुगेको छ । जसमा २२ जना महिला र ८० जना पुरुषको निधन भएको हो ।

केही दिनअघि मात्रै कोरोना मुक्त हुने जिल्लाको संख्या बढिरहेको थियो । तर अहिले ७७ मध्ये जम्मा ५ जिल्लामा मात्र कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसबाट संक्रमित कोही पनि भेटिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल