FLASH NEWS
  • Loading...

कोरोनाबाट मृत्यु हुनेहरुको संख्या सय नजिक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२९ पटक पढिएको
कोरोनाबाट मृत्यु हुनेहरुको संख्या सय नजिक

नेपालमा कोरोनाको पहिलो केस देखिएको करिब ७ महिना पुग्दा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या सय नजिक पुगेको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार मृतकको संख्या ९९ पुगेको जानकारी दिए। पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुको संख्या ४ रहेको उनले बताए। गएको बुधबार नेपालमा एकै दिन १० जनाको मृत्यु भएको थियो। जुन एक दिनमा मृत्यु भएको हालसम्मको धेरै हो।

नेपालमा कोरोनाबाट पहिलो मृत्यु गएको जेठ ४ गते भएको थियो। त्यसयता साउन ६ गतेसम्म लकडाउनको अवधिमा थप ३९ जनाको मृत्यु भएको थियो। सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन अन्त्य भएको घोषणा गएको साउन ६ गते गरेको थियो। सो घोषणा यता मृत्यु हुनेहरुको संख्या पनि लगातार बढिरहेको छ। लकडाउन अन्त्य भएको घोषणा गरेपछि यताका २५ दिनमा मात्र ५९ मृत्यु भइसकेको सरकारी तथ्यांकले देखाएको छ।

नेपालमा पहिलो कोरोना केस गएको माघमा देखिएको थियो भने दोस्रो केस चैत ४ मा देखिएको थियो। पहिलो कोरोना केस देखिएको सात महिनामा नेपालमा शुक्रबार कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। जसमध्ये १७ हजार ७७ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा २४० जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ। यस्तै १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा बेडको कमी भएको बताउन थालिएको छ। तर, सरकार भने बेडको कमी भएको स्वीकार गर्न तयार छैन। डिसी नेपालसँग कुरा गर्दै स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले भने, ‘बेड कम भयो भन्ने नै होइन। यहाँ जति पनि घर छन्, सबै बेड हुन सक्छन्। कोरोनाका बिरामी आफ्नै घरमा आइसोलेट भएर बस्न सक्छन्। त्यसैले अस्पतालकै बेड चाहिन्छ भन्ने होइन।’ उनले त अस्पतालमा भन्दा पनि आफ्नै घरमा आइसोलेट भएकाहरु छिटो निको भएकोसमेत दावी गरे। तर, नेपालमा यसबारे अनुसन्धान नभएको उनले बताए।

उता कोरोनाबाट सबैभन्दा धेरै प्रभावित २ नम्बर प्रदेशको वीरगञ्ज महानगरपालिकामा कोरोनाका बिरामीहरुको संख्या बढ्दा त्यहाँबाट बिरामी हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं आउन थालेका छन्। वीरगञ्जमा स्वास्थ्यकर्मी र बेडको कमी भएको स्वयम स्वास्थ्यकर्मीहरुले नै बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र