FLASH NEWS
  • Loading...

कोरोनाले छेकेन नेपाल लाइफको गतिलाई, बिमाशुल्क आर्जनमा १९.७८% को फड्को, अन्य सूचक झनै बलियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
कोरोनाले छेकेन नेपाल लाइफको गतिलाई, बिमाशुल्क आर्जनमा १९.७८% को फड्को, अन्य सूचक झनै बलियो

देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म २७ अर्ब ३४ करोड बढी बिमाशुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२  अर्ब ८२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो ।
नेपाल लाइफले कोरोना कहरकै बीच विजिनेशमा पनि आक्रामक मूभ लिएको देखिन्छ । यो कम्पनीले पुनर्बिमा कसिमनबाट हुने आय २ करोड ३४ लाखबाट बढाएर ८ करोड ६७ लाखको उचाई चुमाएको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत ४ अर्ब ४८ करोडबाट बढेर ५ अर्ब ६५ करोडको उचाईमा पुगेको छ ।
बिमालेखको धितोमा कर्जाबाट हुने आय पनि १ अर्ब ८ करोडबाट वृद्धि भई १ अर्ब ५८ करोड पुगेको छ ।
समीक्षा अवधिमा नेपाल लाइफले ५ अर्ब ९७ करोड बढी दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ७ अर्ब ९९ करोड बढी दाबीभुक्तानी गरेको थियो । बिमा कम्पनीमा प्रिमियम बढ्नु र दाबीभुक्तानी भने घट्नुलाई गुणस्तरीय विजिनेशको मानक मानिन्छ । नेपाल लाइफले कोरोना संकटमै पनि यस्तो मानक कायम गरेको देखिएको हो ।
नेपाल लाइफले जीवन बिमा कोषको आकार समेत ६५ अर्ब ३६ करोडबाट बढाएर ८७ अर्ब २ करोडको उचाई चुमाएको छ । महाविपत्ति कोष जगेडाको आकार ४३ करोड ६७ लाखबाट बढेर ५५ करोड ४९ लाख पुगेको छ भने जगेडा तथा कोषको आकार २ अर्ब ४३ करोडबाट बढेर ३ अर्ब ५० करोडको उचाईमा पुगेको छ ।
यो कम्पनीको अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ३२ लाखमा सीमित नाफा बढेर यो वर्ष ५३ करोड ३ लाख पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म १२ लाख ८० हजारमा सीमित बिमालेखको संख्या बढेर १३ लाख ४ हजार पुगेको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.६५ रुपैइाँ, प्रतिसेयर नेटवर्थ १७३.९२ रुपैयाँ, पीई अनुपात १३०.५७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८६८ रुपैयाँ र औसत प्रतिफल दर ९.९३ प्रतिशत रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल