FLASH NEWS
  • Loading...

पहिरोले क्षति पुर्‍याएपछि कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाईन थप तीन महिना धकेलियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७२ पटक पढिएको
पहिरोले क्षति पुर्‍याएपछि कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाईन थप तीन महिना धकेलियो

अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभिए प्रसारण लाईनका विभिन्न टावरमा बाढीपहिरोले क्षति पुर्‍याएपछि कम्तीमा तीन महिनापछि धकेलिएको छ । प्रशारण लाईन निर्माण ढिलाई हुनेभएपछि कालीगण्डकी करिडोर अन्र्तगत उत्पादित थापाखोलाको १३.६ र घलेम्तीको ५ मेगावाट गरी १८.६ मेगावाट विधुत पनि थप तीन महिना खेर जाने भएको छ ।
दाना –कुस्मासम्मको ४२ किमी खण्डका १ सय १४ टावर मध्य १४/० नम्बरको टावर पहिरोले ढलाएको र अन्य १६ वटा टावरहरु नदी कटान र पहिरोको उच्च जोखिममा रहेकोले नयाँ टावर निर्माण गर्न र जोखिमका टावर संरक्षण गर्न थप ३ महिना समय लाग्ने आयोजनाले जनाएको छ । आयोजना समयमै सम्पन्न गर्न लकडाउनले पहिलो र पहिरोले पोल ढलाएको दोस्रो वाधा हुन ।
कालीगण्डकी करिडोर २२० केभिए प्रशारण लाईन बेनी आयोजनाका अनुसार पहिरोले पर्वतको जलजला गाउँपालिकाको धाईरिङ स्थित टावर पहिरोले ढलाएको छ । त्यसैगरी जललजा गापाकै मिलनचोक नजिकै अर्कौ १६/ए, मल्लाजको २४/ए नम्बरको टावर पनि पहिरोको जोखिममा छ । त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभीर स्थित ३९/वि, ४१/वि धिरच्याङ र दानासवस्टेसनमा रहेका ५१/शुन्य र ५२/शुन्य नम्बरका टावर कालीगण्डकी नदी कटानले उच्च जोखिममा परेका छन ।
‘एउटा टावर ढल्दा कम्तीमा दुई करोडबढी आर्थिक क्षति पुगेको छ । ढलेको पोलको स्थान परिवर्तन गर्न सर्वे भै कुन कुन पार्ट पुन:प्रयोग गर्न सकिन्छ लगलइष्टिमेट भैरहेको छ’ आयोजनाका सहायक प्रवन्धक यादव न्यौपानेले भने, ‘नदीकटान र पहिरोको जोखिममा परेका पोलको तत्काल संरक्षण नगरे थप समस्या पर्ने भएकोले नयाँ टेण्डर प्रकृयामा गएका छौं । ढलेको पोलको सट्टामा अर्को पोल प्रयोग गर्न सकिने विषयमा पनि अध्ययन भैरहेको छ ।’
प्रशारण लाईनको काम छिटो गर्न पहिरोले ढलाएको पोललाई गलेश्वर नजिकै बन्ने लिलो लाईनको पोलले रिप्लेस गर्ने संभावनाको प्रस्ताव ठेकदार कम्पानीले पेस गरेको आयोजनाले जनाएको छ । लिलो लाईनको भौगोलिक अवस्थितीमा डिजाईन गरिएको टावरको खुट्टा र पहिरोले ढलाएको पोल रहने स्थानको भौगोलिक अवस्थितीमा टावरको खुट्टा राख्न मिल्ने नमिल्ने अवस्था रहे पोल रिप्लेस गर्ने संभाब्यता अध्ययन भैरहेको जनाईएको छ । लिलो लाईन भनेको गलेश्वर स्थित ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको विधुतलाई २२० केभिए प्रशारण लाईनमा जोड्न बनाईने लिङ्क लाईन हो ।
चौथो पटकको म्याद मार्च ३० तारेखमा नै समाप्त भैसकेको आयोजनाले लकडाउनको कारण मदजुर तथा प्राविधिक घर गएकोले काममा फर्कन नपाएकोहुँदा काममा प्रभाव परेको जनाएको छ । ठेकदार कम्पनीले उपलब्ध करिव १ सय १० जना मदजुरबाट दाना र कुस्मा सवस्टेनमा फिनिसिङको काम भैरहेको जनाएको छ ।
पहिरोले पोल ढलाएको कारणले भन्दाबढी लकडाउनको कारण घर फर्केका भारतिय टेक्निकल मेनपावर काममा फर्कन नपाएपछि आयोजनाको काम प्रभावित भएको छ । आयोजनाको दाना र खुर्कोट सवस्टेसनमा रहने ट्रान्सफर्मर, सर्किट ब्रेकर, कन्ट्रोल एण्ड रिले प्यानल, सवस्टेसन अटोमेसिन सिस्टम समेतका मुख्य उपकरणहरु परिक्षण गर्न टेष्ट इन्जिनियरहरु सवै भारतिय भएकोले काम प्रभावित भएको हो ।
‘उपलब्ध जनशक्ति परिचालन गरेरै पनि तीन महिनाभित्र हामी पहिरोले ढलाएको पोल परिवर्तन गरेर पनि लाईन जोड्न तयारी हुन सक्छौं । तर लक डाउन र कोरना भाईरसको संक्रमण बढ्दै गएको खण्डमा भारतिय प्राविधिक र उनीहरुले ल्याउने केही इक्युपमेन्ट नआएको खण्डमा समय लम्बिन पनि सक्छ’ आयोजनाका बेनी कार्यालयमा रहेका सहायक प्रवन्धक न्यौपानेले भने, ‘अरु पोलहरु जोखिममा परेका हुन, ढलिहालेका छैनन । संरक्षणको काम गर्दै मुख्य काम गर्न अवरोध हुँदैन । अन्य आयोजनाको विध्ुत खेर गैरहेकोले हामीलाई बढी प्रेसर छ ।’
कालीगण्डकी करिडोरमा निर्माणाधिन बेनी–जोमसोम सडकसँग ‘राईट अफ वे’, वस्तीमाथी हाईटेन्सन लाईन परेपछि स्थानीयको अवरोध, लकडाउन र पहिरोले निर्माणका बाधा मानिएको छ । आयोजनाको बेनी कार्यालयले आर्थिक तर्फ ९७ प्रतिशत र भौतिक तर्फ ९९ प्रतिशत प्रगति रहेको जनाएको जनाएको छ ।
विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो । एक बर्ष म्याद थप गर्दापनि आयोजनाले काम पुरा गर्न नसकेको हो । समयमै आयोजना सम्पन्न लागत बढेको मात्र छैन, त्यस क्षेत्रमा निर्मित विधुत आयोजनाको विजुली पनि खेर गैरहेको छ ।
मुस्ताङ्ग/म्याग्दी समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लुङ्ग जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।
सव स्टेसन ढिलाईले विधुत अलपत्र
कालीगण्डकी करिडोरको दाना सवस्टेसन निर्माण ढिलाई हुँदा म्याग्दी र मुस्ताङ्ग उत्पादित ८ मेगावाट विधुत खेर गैरहेको छ । थापाखोलाको १३.६ मध्य ५ मेगावाट र ५ मेगावाटको घलेम्दी जलविधुतको पुरै विधुत केन्द्रीय ग्रीडमा जोड्ने ठाउँ नहुँदा अलपत्र परेको हो ।
कालीगण्डकी करिडोर प्रशारण लाईन निर्माण भएप्छि ४२ मेगावाटको मिस्त्रीखोला राहुघाट ४२ मेवा, घारखोला १४ मेवा, कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, निलगिरी ३८ मेवा, कोवाङ–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङ्गखोला २५ मेगावाट विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।श्रोत :ईकान्तिपुर डट कम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल