FLASH NEWS
  • Loading...

ब्यवसायी जिसीद्धारा ‘गंगा जिसी फाउण्डेसन’ स्थापना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४३ पटक पढिएको
ब्यवसायी जिसीद्धारा ‘गंगा जिसी फाउण्डेसन’ स्थापना

मानवीय सेवामा सकृय युवा निर्माण ब्यवसायी नारायण जिसी तथा भाई किसान जिसीले स्वर्गीय बहिनी गंगाको स्मृतिमा ‘सेवा नै धर्म हो’ भन्ने मुख्य आदर्श लिएर ‘गंगा जिसी फाउण्डेसन’ स्थापना गरेका छन ।
निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा नेकपा आवद्ध युवा संघको केन्द्रीय सदस्य रहेका जिसी सहयोग अपेक्षागरी पुगेका कसैलाई पनि खालिहात नफर्काउने मानवीय सेवाका अगुवा हुन । जिसी दाजुभाई बेनी नगरपालिका, ६ छापाका हुन । दाजु जस्तै दानवीर किसान जिसी भने वैदेशिक रोजगारीको शिलशिलामा वेलायतमा रहेका छन ।
जिल्ला र बाहिरसमेत विपदको परिस्थिती एवं अन्य विभिन्न सामाजिक, राजनैतिक क्षेत्रमा मन खोलेर आर्थिक तथा नैतिक सहयोग पुर्‍याउँदै आएका नारायण जिसी दाजुभाईले पछिल्लो पटक स्व. बहिनी गंगाको नाममा फाउण्डेसन स्थापना गरेका हुन । कानुनी रुपमा प्रशासन कार्यालयमा दर्ता भएकै दिन फाउण्डेसनको अगुवाईमा धौलागिरी गाउँपालिका, ६ मराङ वुल खाद्यान्न तथा लत्ताकपडा अभावमा रहेका पहिरो पीडितकालागी हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याएको छ ।

आर्थिक अभावकै कारण जन्मेको ३ बर्षको उमेरमा राम्रो उपचार अभावमा ज्यान गुमाएकी बहिनी गंगाको स्मृतिमा जिसी दाजुभाईले यस अघि बेनी अस्पतालमा शल्यक्रिया गरेका विरामी राख्ने (पोष्ट अप्रेसन कक्ष) निर्माण गरिदिएका थिए । नयाँ भवन बनाउने क्रममा अस्पताले उक्त भवन भत्काएको छ ।
‘दाजुभाई विच स्व. बहिनीको स्मृतिमा फाउण्डेसनको पहिला नै अवधारण बनाएका थियौं । कानुनी आकार लिएको थिएन । सामाजिक क्षेत्रमा सक्दो सहयोग गर्दै आएका छौं, अव हाम्रो सहयोग संस्थागत रुपमा गर्न खोजेका हौं’ गंगा जिसी फाउण्डेसनका संस्थापक/अध्यक्ष नारायण जिसीले भने, ‘सेवा नै धर्म हो भन्ने हाम्रो विश्वास छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र