FLASH NEWS
  • Loading...

बेनीको पार्किङ ब्यवस्थित गरिँदै , ट्राफिक वोर्डले झन पैदलमार्ग अतिक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९१ पटक पढिएको
बेनीको पार्किङ ब्यवस्थित गरिँदै , ट्राफिक वोर्डले झन पैदलमार्ग अतिक्रमण

बेनी नगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर बेनीका अस्तब्यस्त पार्किङलाई ब्यवस्थित बनाउन सुरु गरेको छ ।

साँघुरो र सानो सदरम्ुकाम बेनीमा अतिक्रमणबाट बचेका सार्वजनिक स्थानहरु पनि आन्तरिक श्रोतको लोभमा भाडामा लगाईएको र बढ्दो सवारी चापले पार्किङ ब्यवस्थापनमा चुनौति बन्न थालेपछि बजार क्षेत्रमा पार्किङ ब्यवस्थापन थालेको हो । सवारी साधन सवारी साधनकालागी पार्किङस्थल तोकिएपनि पैदल यात्रुकालागी फुटपाथ अतिक्रमण गरिएकोले यात्रु मुल सडकमा हिंड्नु पर्ने बाध्यता भएको तर्फ भने ख्याल पुर्‍याईएको छैन । सडक पेटीमा ब्यवसायकिा सामान, वोर्ड र पाकिर्ङहुँदा जेष्ठ नागरिक, वालबालिका, गर्भवती अति जोखिममा रहेका समुदायलाई हिंड्ने फुटपाथ अतिक्रमण गरिँदा दुर्घटना बढ्ने जोखिम थपिएको छ ।

नयाँ ब्यवस्था अनुसार साउन २५ गते आईतवारदेखी हरेक सातासडकको दायाँ–बायाँ आलोपालो लगाई  मोटरसाईकल मात्र पाकिङ गर्न पाईने गरी ब्यवस्था मिलाईएको बेनी नगरपालिकाले जनाएको छ । बजारको ट्राफिक ब्यवस्थापन गर्न नगरप्रमुख हरीकुमार श्रेष्ठ, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी, जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवर समेत सरोकारवाला बजारमा निक्लेका थिए ।

जथाभावी सवारीसाधनको पार्कीङले दुर्घटना बढ्नुका साथै बजारमा सवारीजाम हुने समस्या थियो । बजारको मुख्य गल्लीहरुमा पार्कीङलाई व्यवस्थित बनाइएको छ । बजारको मुख्य गल्ली न्यूरोड र संगमचोक,हुलाक चोक,क्याम्पसचोक र अस्पतालचोकमा एकसातामा परिवर्तन गर्ने गरी एक एकातर्फ मात्र पार्कीङको व्यवस्था गरिएको छ ।

पहिलो चरणमा पार्कीङ स्थल र पार्कीङ निषेध स्थल प्हिचान गरी बोर्ड राखिएको छ । सर्वसाधरणहरुलाई सचेत बनाउन माइकिङ र सञ्चारमाध्यमबाट जानकारीमुलक सन्देशहरु प्रशारण गर्ने र दोस्रो चरणबाट अटेरी गर्नेलाई कारबाहीको प्रकृयामा लैजाने बताईएको छ ।
‘थप फैलन नमिल्ने अवस्थाको भौगोलिक अवस्थिती रहेको सदरमुकामको घनावस्ती र साँघुरा सडकमा बढ्दो सवारी चाप ब्यवस्थापनमा समस्या भैरहेको छ । सुरु चरणमा सडकको दाया–बायाँ आलोपालो लगाई मोटरसाईकल मात्र पार्किङ गराउने गरी अभियान थालेका हौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘विस्तारै छेउछाउमा भएपनि सार्वजनिक पाकिङ स्थल पहिचानगरी हलुका सवारी साधनलाई पाकिङस्थलमा मात्र ब्यवस्था मिलाउन ठाउँ खोजी भैरहेको छ । हेभि सवारीलाई राती मात्र सामान झार्ने ब्यवस्था मिलाईने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र