FLASH NEWS
  • Loading...

कोरोना जोखिम अनुमान गर्न सघाउने ‘सुरक्षा एप’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५५ पटक पढिएको
कोरोना जोखिम अनुमान गर्न सघाउने ‘सुरक्षा एप’

जतिधेरै मान्छे एक अर्काको सम्पर्कमा आउछन् कोरोना जोखिम त्यतिनै बढ्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा कोरोना संक्रमण भइहाले पनि को बाट सर्‍यो भन्ने पत्ता लगाउन कठिन हुन्छ।
हो, यही समस्यालाई समाधान गर्न अहिले ‘सुरक्षा एप’ नामक मोबाइल एप निर्माण गरिएको छ। गोयल फाउन्डेसनले ल्याएको यो एपले ‘कन्ट्याक्ट हिस्ट्री’ पत्ता लगाउन सघाउने बताइएको छ।
कोरोना संक्रमण जोखिम कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले एप ल्याइएको गोयल फाउन्डेसनका कार्यकारी निर्देशक चिराग गोयलले जनाए।
“कोरोना महामारीलाई ट्रयाक कसरी गर्ने भन्ने सोच थियो। यो भनेको कन्ट्याक्ट ट्रेसिङ हो। हामीले बनाउको एपले मोबाइल फोनमा रहेको ब्लुटुथको सहयोगमा सम्पर्कमा आएका व्यक्तिको रेकर्ड राख्छ,” गोयलले भने, “तीन मिटरको दूरीमा आएका व्यक्तिहरू कति छन्, ती व्यक्ति को हुन् भन्ने एपबाट थाहा हुन्छ। तीमध्ये कुनैपनि व्यक्तिलाई कोरोना संक्रमण भएको भए उसको सम्पर्कमा को थिए भन्ने सजिलै थाहा हन्छ।”

‘सुरक्षा एप’ लाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन्। एप राखेपथि ब्लुटुथ अन राख्नुपर्छ। एपमा लोकेसन राख्नुपर्छ ।  आईफोन प्रयोगकर्ताले भने तत्काल यो एप प्रयोग गर्न पाउने छैनन्। आईफोनको एप स्टोरमा छिट्टै यसलाई उपलब्ध गर्ने तयारी भने भइरहेको छ।

यो एपमार्फत एकजना व्यक्तिले १० जना भेट्यो भने ती १० जनाले कतिलाई भेट्यो भन्नेसम्म पनि थाहा पाउन सकिने उनले बताए। यसैकारण एपमा कन्ट्याक्ट ट्रेसिङलाई मेन फिचरमा राखिएको छ।
एपमा कुनै भ्रमण वा भेटघाटका विषय समेत राख्न सकिने हुँदा यसको आधारमा को व्यक्तिसँग भेट गर्दा कति जोखिम रहन्छ भन्ने थाहा पाउन सकिन्छ।
एपमा आपत्कालीन सेवाका नम्बर, अस्पतालहरूबारे जानकारी, अस्पतालले दिने सेवाहरु लगायत कोरोना लक्षणदेखि सुरक्षाका उपायहरु समेत समेटिएको छ।
अफ्रिकामा इबोला महामारीको बेला यस प्रकारको एप प्रयोग गरिएको गोयलले बताए। अफ्रिकामा प्रयोगमा ल्याइएको एपको मूख्य फिचर कन्ट्याक्ट ट्रेसिङ भएको र अहिले पनि यस प्रकारको एप भारत लगाएत धेरै देशमा प्रयोग भइरहेको उनले जानकारी दिए।
मे पहिलो सातामा एप तयार भएपनि विभिन्न प्रक्रिया पुरा गरेर दुई साताअघि मात्र सार्वजनिक गरिएको उनले जनाए। एप सार्वजनिक भएदेखि अहिलेसम्म ७ हजार बढिले डाउनलोड गरिसकेको र एपबारे राम्रो प्रतिक्रिया आएको गोयलले बताए।
“सुरक्षा एप बनाएको मुख्यत: कन्ट्याक्ट ट्रेसिङको लागि हो। कोहि सम्पर्कमा आएको व्यक्तिलाई कोरोना देखियो भने उसँग सम्पर्कमा आएका सवैलाई सूचना जान्छ,” उनले भने।
एपको प्रयोगले कोरोना संक्रामितको सम्पर्कमा आएका व्यक्ति पत्ता लगाउन सजिलो हुने दाबी उनको छ। एपले कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास उनको छ।
यसरी प्रयोग गर्न सकिन्छ एप 
‘सुरक्षा एप’ लाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन्। एप राखेपथि ब्लुटुथ अन राख्नुपर्छ। एपमा लोकेसन राख्नुपर्छ ।  आईफोन प्रयोगकर्ताले भने तत्काल यो एप प्रयोग गर्न पाउने छैनन्। आईफोनको एप स्टोरमा छिट्टै यसलाई उपलब्ध गर्ने तयारी भने भइरहेको छ।
एप प्रयोग बारे गोयल थप्छन, “सर्वसाधारणले एप डाउनलोड गरेर ब्लुटुथ अन गरे पुग्छ। यो सवैका लागि निशुल्क हो। भेट भएका सवै व्यक्तिले एप डाउनलोड गरेको हुनुपर्छ। ब्लुटुथ अन राख्नुपर्छ।”
ब्लुटुथ अन नगरे यसले काम गर्न सक्दैन। ज-जसको मोबाइलमा यो एप छ र ब्लुटुथ अन छ उनीहरूको मात्र कन्ट्याक्ट ट्रेसिङ यसले गर्छ।
कतिपयले एपको प्रयोग गर्दा मोबाइलमा हुने डेटा असुरक्षित हुने त होइन ? भन्ने प्रश्न गर्ने गरेको उनले सुनाए। उनले सबैलाई एउटै जवाफ दिने गरेका छन्, “डेटा सुरक्षित हुन्छन्। शंका नगर्न आग्रह गर्छु।” copy – https://www.dekhapadhi.com/news/20479

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल