FLASH NEWS
  • Loading...

विश्वभर कोरोनाबाट १ करोड ९१ लाख संक्रमित, ७ लाख १४ हजार बढीको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९१ पटक पढिएको
विश्वभर कोरोनाबाट १ करोड ९१ लाख संक्रमित, ७ लाख १४ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख २६ हजार नाघेको छ। तीमध्ये १ करोड २२ लाख ७२ हजार ६७ जना उपचारपनि निको भएका छन् भने ७ लाख १४ हजार १७ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएको राज्यमध्ये एक फ्लोरिडामा पछिल्लो २४ घण्टामा सात हजार ६५० नयाँ संक्रमित फेला परेका छन्। फ्लोरिडामा हालसम्म पाँच लाख १० हजार ३८९ जना संक्रमित फेला परेका छन् भने ७ हजार ७ सय ४७ जनाको मृत्यु भइसकेको छ।

उता अस्ट्रेलियाले मेलबर्न शहरमा अधिकांश पसल ६ हप्ताका लागि बन्द गर्न आदेश दिएको छ। यहाँ बिहीबार चौथो स्टेजको प्रतिबन्ध लागू गरिएको छ। प्रधानमन्त्री स्कट मरिसनले बाध्य भएर प्रतिबन्ध लागू गर्नु परेको बताए। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन्। मंगलबार या राज्यको अन्य छिमेकी राज्यसँगको सीमा सील गरिएको छ।

कोलम्बियाका पूर्व राष्ट्रपति एलभ्यारो युरीब कोरोना संक्रमित भएका छन्। उनलाई मंगलबार प्रमाण नष्ट गरेको अभियोगमा घरबाट पक्राउ गरिवएको थियो। उनको डेमोक्रेटिक सेन्टर पार्टीका प्रवक्ता गैब्रियस वोलास्कोले बुधबार पूर्व राष्ट्रपतिको रिपोर्ट पोजेटिभ आएको बताएका थिए। यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

उता नर्वेले फ्रान्स, स्वटीट्जरल्याण्डसहित पाँच देशका यात्रुलाई दश दिनसम्मका लागि क्वारेन्टाइमा पठाएको छ। ती मुलुकहरुमा संक्रमणको दर बढिरहेकाले नर्वे सरकारले यस्तो निर्णय लिएको बताइएको छ।

एजेन्सीहरुबाट