FLASH NEWS
  • Loading...

कुटपिट गर्ने नेपाली नै हो भनेर हामीलाई बदनाम हुने रहर थिएनः राजदूत पाण्डे

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८६ पटक पढिएको
कुटपिट गर्ने नेपाली नै हो भनेर हामीलाई बदनाम हुने रहर थिएनः राजदूत पाण्डे

मलेसियामा नेपाली सुरक्षागार्ड कुटिएको भाइरल भिडियोमा कुटपिट गर्ने नेपाली नै भएको भन्ने मलेसिया प्रहरी र नेपाली दूतावासको भनाइप्रति आशंका गर्नेहरुलाई क्वालालम्पुरस्थित नेपाली दूतावासले प्रस्टीकरण दिएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका राजदूत उदयराज पाण्डेले पीडक नेपाली नै भएको बताउँदा आफूलाई नै लज्जाबोध भएको बताए। ‘ हामीलाई पनि नेपालीले नेपालीलाई कुटेको देख्न नपरोस, सुन्न नपरोस भन्ने लाग्छ। पीडक नेपाली हो भन्ने हामीलाई रहर थिएन’, उनले डिसी नेपालसँग भने, ‘यो भन्नुपर्दा मलाई पनि लज्जाबोध भएको छ।’

पछिल्ला केही दिनयता सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कुटपिट गरेको देखिन्छ। कुटिने व्यक्ति नेपाली भएको भन्दै भिडियो भाइरल भएपछि नेपाली दूतावासले उजुरी गरेसँगै त्यहाँको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीको सहायता लिएको दूतावासले सोमबार कुट्ने र कुटाई खाने दुवै व्यक्ति नेपाली रहेको जनाएको थियो। दूतावासले कुटाई खाने पीडित नवलपरासीका इस्लाम हुसेन र कुट्ने व्यक्ति सुरक्षा गार्डका सुपरभाइजर कपिलवस्तुकै रामगोपाल मुराउ भएको जनाएको थियो।

दूतावासले भिडियो प्रकरणबारे यो विवरण सार्वजनिक गरेसँगै मलेसियालगायत अन्य देशमा रहेका नेपालीहरुले भने कुट्ने व्यक्ति नेपाली भएको कुरामा विश्वास गरेनन्। उनीहरुले दूतावासको नियतमाथि प्रश्नसमेत उठाएका छन्। उनीहरुले कुट्ने नेपाली नागरिक हुनै नस्कने दावी गरेका छन्। दूतावासले कम्पनीसँगको मिलेमतोमा स्थानीय नागरिक बचाउँन योजनाबद्ध तरिकाले नेपाली व्यक्तिलाई अगाडी सारेको उनीहरुको आरोप छ।

राजदूत उदयराज पाण्डेले उक्त आरोपको खण्डन गरेका छन्। उनले आफ्नै नागरिकको बदनाम गरेर दूतावासाई कुनै फाइदा नहुने, दूतावासबाट त्यस्ता किसिमका काम नहुने दावी गरे। प्रहरी तथा नेपाली दूतावासको अनुुसन्धानमा पीडित र पीडक दुबै नेपाली भएको खुलेको उनले जानकारी दिए। पीडकलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको उनले बताए। राजदूत पाण्डेले पीडक नेपाली नै हो भन्ने पर्याप्त प्रमाणहरु दूतावाससँग रहेको पनि बताए। दूतावासले तुरुन्तै थप विवरणहरु पनि सार्वजानिक गरेर पीडक नेपाली नै रहेको प्रमाणित गर्ने राजदूत पाण्डेले प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार प्रहरी तथा दूतावासमक्ष पीडक रामगोपाल मुराउले हुसेनको ड्यूटीमा आचरण ठिक नभएका कारण आवेशमा आएर कुटेको बयान दिएका छन्। मुराउले घटना हुनु केही दिनअघि हुसेनले ड्यूटीमै रहेको बेला महिलाहरुमाथि गालीगलौज तथा दुर्व्यवहार गरेको बयानमा दाबी गरेका छन्। बयानमा पीडक मुराउले कम्पनी म्यानेजरको आग्रहमा नै हुसेनले गरेको गल्तीको सजाय स्वरुप आफूले हातपात गरेको बताएका छन्। मुराउले आफ्न्नो म्यानेजरलाई देखाउन पूर्वयोजना अनुसार नै कुटेर उक्त भिडियो तयार पारेको दूतावासको भनाई छ। म्यानेजर स्थानीय नागरिक भएको हुँदा उसलाई देखाउन बुझ्ने गरी स्थानीय भाषा प्रयोग गरेर मुराउले हुसेनमाथी हातपात गर्दै भिडियो तयार पारेको राजदूत पाण्डेको भनाइ छ।

स्थानीय भाषा बोलेको भरमा पीडक नेपाली नै होइन भन्नु गलत बुझाइ भएको उनले बताए। पाण्डेका अनुसार पीडक मुराउ विगत ८ वर्षदेखि मलेसियामै रहेको र उनले मलेसियामै विवाह गरेका छन्। त्यसैले उनको बोलीको लवज स्थानीयको जस्तै सुनिनु स्वभाविक रहेको राजदूत पाण्डेको भनाइ छ।

मलेसियामा अहिले यो प्रकरणमा स्थानीय मिडिया, मानवअधिकारकर्मी, सामाजिक संघसंस्था र प्रहरी प्रशासनको चासो बढेकोले पनि लुकाएर कुनै पनि कुराको ढाकछोप नहुने पाण्डेले बताएका छन्। उनले सर्वत्र चासोको विषय बनेकोले पनि पीडकलाई स्थानीय कानूनबमोजीम कारवाहीको लागि कुनै कसूर बाँकी नहुने बताए। ‘हामीले भावानामा आएर बोलेको कुरा होइन। जे सत्य हो त्यही बोलेका हौँ, उनले भने, ‘ हामी पनि पीडक नेपाली नभएर अन्य देशको भइदिए हुन्थ्यो भन्ने चाहेका थियौँ। हामीलाई पनि लज्जाबोध बनाएको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल