FLASH NEWS
  • Loading...

‘मदन पुरस्कार-२०७६’ लागि चन्द्रप्रकाश बानियाँको ‘महारानी’ समेत छानिए ७ पुस्तक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११६ पटक पढिएको
‘मदन पुरस्कार-२०७६’ लागि चन्द्रप्रकाश बानियाँको ‘महारानी’ समेत छानिए ७ पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि  म्याग्दीका पूर्व साँसद चन्द्रप्रकाश बानियाँद्धारा लिखित एतिहाँसिक कथावस्तु समेटिएको उपन्यास  ‘महारानी’ उपन्यास सहित सात वटा पुस्तकहरु छनोट गरेको छ ।
यस वर्षको पुरस्कारका लागि २०७६ मा प्रकाशित १५१ पुस्तकहरु आफूलाई प्राप्त भएको गुठीले जनाएको छ । ती पुस्तकमध्ये छनोट भएका उत्कृष्ट ७ पुस्तकमध्ये एकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ ।

यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।