FLASH NEWS
  • Loading...

कागवेनीको श्राद्ध/तर्पणस्थल बाढीले क्षतिग्रस्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९७ पटक पढिएको
कागवेनीको श्राद्ध/तर्पणस्थल बाढीले क्षतिग्रस्त

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागवेनीमा अवस्थित हिन्दुहरुको पृति उद्धारकालाागी श्राद्ध/तर्पणस्थल गत शनिवार कागखोलामा आएको बाढीले क्षतिग्रस्त भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, २ झोङमा गत शनिवार साँझ गएको सुख्खा पहिरोले थोरङ्ला पास र मुक्तिनाथबाट झर्ने कागखोला तीन घन्टा थुनिएर आएको बाढीले हिन्दुहरुको पवित्र तिर्थस्थल तथा पृतिकालागी श्राद्धस्थल मुस्ताङ्गको कागवेनी स्थित श्राद्ध/तर्पण स्थलमा गेग्रानले पुरेको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सुचना अधिकृत सूर्य तिमिल्सिनाका अनुसार बाढीले क्षतिग्रस्त कागवेनी स्थित श्राद्धस्थलहरु र खानेपानीको योजनामा गाउँपालिकाले मर्मत थालेको छ । श्राद्धस्थल आगामी सोह्श्राद्ध अघि नै मर्मत सक्ने लक्ष्य छ ।
दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट आउने कागखोलाको संगमस्थलमा अवस्थित कागवेनीमा पुगी श्राद्धगरेमा पितृहरुको उद्धार हुने विश्वासमा हिन्दुहरु कागवेनी पुगी श्राद्ध गर्छन । त्यसैगरी कागबेनीमा पृति उद्धारपछि मुक्तिनाथका एक सय आठधारामा नुहाएमा अज्ञानतावस भएको पाप मोचन भै मोक्ष प्राप्त हुने जनविश्वास पनि छ ।