FLASH NEWS
  • Loading...

यसरी उठ्दैछ, गलेश्वरको बेलिब्रिज

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७६ पटक पढिएको
यसरी उठ्दैछ, गलेश्वरको बेलिब्रिज

असार २७ गते राहुघाट खोलाको कटानले ढलेको बेनी–जोमसोम सडकको गलेश्वर स्थित बेलिब्रिज तलबाट गाडीको जग राखेर उठाउन थालिएको छ ।


ठूला मालबाहक ट्रक उठाउने जग राखेर ब्रिजलाई थोरैथोरै उठाउँदै तलबाट फाउण्ेसनको रुपमा ग्याभिन भर्दै लगिएको छ । बेनी–जोमसोम सडक आयोजनाले एकापट्टीको फाउण्डेसनसँगै ढलेको बेलिव्रिजलाई उठाउन प्रयास थालेको हो ।


जमिन सतहदेखी ५ मिटर उठाएर ग्याभिन जालीमाथी आरसिसी विम राखेर बेलीब्रिजलाई टेकाएर अस्थाई रुपमा यातायात संञ्चालन गर्ने योजना छ । पुल उठाउने काममा संलग्न मजदुरहरुका अनुसार पुल ढलेर अडिएको ठाउँबाट १० फिट र ग्याभिन राखिएको जगबाट २० फिट उठेको छ । सुरुमा जग राख्न कठिन भएपनि पुलले केही उचाई लिएकोले काम गर्न सजिलो हुँदै गएको छ ।


‘फाउण्डेसनसँगै ढलेको व्रिजको संरचना विग्रेको छैन । हलुकासँग उठाएर नटवोल्ड कस्ने र माथी पाता मर्मत गरे केही समय काम चलाउन मिल्ने विश्वस गरेका छौ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक योजना प्रमुख असोक तिवारीले भने, ‘व्रिज थुपुक्क बसेकोले हाल तीन मिटर उठेको छ । मौषमले साथ दिए साउनभित्र बेलिव्रिज संञ्चालनमा ल्याउँछौं ।’


बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने रहुघाट खोलामाथीको बेलिब्रिज बाढीले ढलाएपछि जिल्लाका उत्तरी भेगका रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेत सिङ्गै मुस्ताङमा सोझो यातायात अवरुद्ध छ । गलेश्वर पुल समेत लामो समयदेखी बेनी–जोमसोम सडकको विभिन्न खण्ड पहिरोले अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जनबढी स्थानमा बाढीपहिरोले यातायात अवरुद्ध भएपछि मुस्ताङमा एलपि ग्याँस र पेट्रोलियम पदार्थ ढुवानी ठप्प छ । ढुवानी रोकिएपछि खाद्यान्नमा मुल्य बृद्धी भएको छ ।


बेनी–लेत ३८ किलोमिटर खण्ड पहिरोले छिलोछिलो परेको बेनी–जोमसोम सडकको विभिन्न स्थानमा मर्मतको काम पनि तिब्र गतिमा भैरहेको छ । बेनी–जोमसोम सडक योजनाका अनुसार अहिले गलेश्वरबाट १८ किलोमिटर अन्नपूर्ण गाउँपालिका, २ भुरुङतातोपानीको नागढुङ्गासम्म सडक सूचारु भएको छ । त्यस्तै मुस्ताङ तर्फबाट पनि तल कैकुखोलासम्म सडक मर्मत गर्दे झरेको छ ।


अहिले बेनी–जोमसोम सडकको म्याग्दीको तातोपानी देखी मुस्ताङको कैकुखोला करिव १५ किमी खण्डका पहिरो पन्छ्याउने र डाईभर्सन बनाउने काम भैरहेको छ । तर यो खण्मा सडक मर्मत गर्न पनि कठिन र बाढीपहिरो उच्च जोखिम छ । यो क्षेत्रको धेरै ठाउँमा नदीले सडकको फाउण्डेसनसहित बगाएका र डाईभर्सन निकाल्न समेत पहरा परेकोले काम गर्न सजिलो छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल