FLASH NEWS
  • Loading...

भारतीय सञ्चारमाध्यमको अर्को प्रोपोगाण्डा, नेपालले भारतीय भूमि डुबादिएको आरोप

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८६ पटक पढिएको
भारतीय सञ्चारमाध्यमको अर्को प्रोपोगाण्डा, नेपालले भारतीय भूमि डुबादिएको आरोप

नेपालले नयाँ नक्सा जारी गरेपछि लगातार नेपालबारे तथ्यहिन समाचारहरु प्रशारण गर्दै आएका भारतीय सञ्चारमाध्यमहरुले त्यसलाई अझै निरन्तरता दिइरहेका छन्। यसैको पछिल्लो उदाहरण हो नेपालले भारतीय भूमि डुबाइदिएको आरोप।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले आइतबार एक समाचार प्रकाशित गरेको छ। उसले नेपालले ब्यारेज खोलेर भारतको उत्तरप्रदेशको बहराइच जिल्लाका ६० वटा गाउँ डुबाएको दावी गरेको छ।
तर, बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीहरुले भने भारतीय समाचारमा सत्यता नभएको बताएका छन्। बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले फोनमा भने, ‘हामीले कुनै त्यस्तो ब्यारेज खोलेका पनि छैनौं। हाम्रोमा त्यस्तो ब्यारेज पनि छैन। अहिले त वर्षा पनि त्यति ठूलो भएको छैन। केही दिनअघि कर्णाली नदी र गेरुवा नदीको बाढीले नेपालको राजापुर नगरपालिकाका ४ सय बढी घरपरिवार विस्थापित भएका थिए। हाल ती मध्ये १५ परिवारमात्र अहिले सुरक्षित स्थानमा छन्। अरु पूर्ववत अवस्थामा फर्किसकेका छन्।’
उनले भारतीय सञ्चार माध्यहरुले हुँदै नभएको हल्ला फैलाएको बताए। उता बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पनि भारतीय सञ्चार माध्यममा आए जस्तो नेपालले भारतीय भूमि नडुबाएको बताए। उनले भने, ‘बरु उनीहरुले ब्यारेज खोलेनन् भने हाम्रो भूमि डुबानमा पर्छ। लक्ष्मणपुर बाँधको ढोका नखोलिए नेपाली भूमि डुबानमा पर्छ। हामीले डूबानमा पार्ने भन्ने हुँदैन।’ dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र