FLASH NEWS
  • Loading...

‘सेटिङ’मा कोरना परिक्षण नगरी आए बेनीमा भारतीय ब्यापारी ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५४ पटक पढिएको
‘सेटिङ’मा कोरना परिक्षण नगरी आए बेनीमा भारतीय ब्यापारी ?

भारतमा अनियन्त्रित रुपमा कोरना फैलदै गएका समाचार प्रकाशित भैरहेको अवस्थामा ‘सेटिङ’ मा भारतीय ब्यापारीलाई बेनीमा ल्याईएको छ ।
बेनी आएका भारतीयको पिसिआर (कोरना) टेष्ट रिपोर्ट नगेटिभ आएको भएपनि ब्यवसायीले गैह्कानुनी बाटोबाट भारतीयलाई नेपाल ल्याईरहेका हुन । सरकारले भारतसमेत सवै अन्र्तराष्ट्रिय नाका शिल गरेको छ । सरकारले भारतीय नाकाहरुमा शसस्त्र प्रहरीको पोष्ट खडागरी भारतीयलाई नेपाल प्रवेशमा कडाई गरिरहेको अवस्थामा सामान्य ब्यापारीलाई गैह्कानुनी बाटो ल्याईनुमा ‘स्वार्थ प्रेरिरत’ देखिएको छ ।
ति भारतिय नहुँदा यहाँको कुनै आयोजनाको काम प्रभावित भएको कारण ल्याईएको भने होईन वरु बेनीमा सामान्य मासु पसल चलाउने ति ब्यापारीलाई उद्योग वाण्ज्यि संघका पदाधिकारीले स्थानिय प्रशासनलाई भ्रममा राखी ‘सेटिङ’मा सवारी पास बनाई बेनी ल्याएको खुलेको छ ।
कोरना भाईरसको संक्रमण समुदायमा फैलदै गएको अवस्थामा गैह्कानुनी बाटोबाट नेपाल छिरेका भारतीय ब्यापारीलाई प्रशासन कार्यालय र उद्योग वाणिज्य संघ म्याग्दीको संरक्षणमा उच्च जोखिम रहेको भारतबाट धमाधम जिल्ला भित्रिएका छन । बेनीको क्याम्पसचोकमा मासु पसल गर्ने ‘गुप्ता प्रेस हाउस’का पल्टन गुप्ता, गलेशटोलका राजु गुप्ता समेतलाई कोरना परिक्षण विना ल्याईएको हो ।
बेनी ल्याईएको भारतीयको स्वाव परिक्षण गर्दा कोरना देखिएन यदी कोरना देखिएको भए ? नाकाबाट विरगंजहुँदै बेनी आउँदा, बेनी, तातोपानी र पोखराको होटलमा डुल्दा कति नेपालीलाई कोरना संक्रमण हुन्थ्यो ? को जिम्मेवार हुन्थ्यो ? सामान्य मास्क नलगाएका सर्वसाधारणलाई मास्क नलगाएको अभियोगमा पक्राउ गर्ने प्रहरी र प्रशासनले गैह्कानुनी रुपमा भारतिय यहाँ आउँदा, खुल्ला डुल्दा के हेऱ्यो ? प्रशासनको पास दुरुपयोग गर्नेलाई किन कारवाही भएन? जनताले प्रश्न गर्न आवश्यक देखिएको छ ।
मास्क नलगाई सडकमा हिंडेको कसुरमा सर्वसाधारणलाई पक्राउगरी घामपानीमा घन्टौं उभ्याई तड्पाएर सँजाय दिने र जरिवाना गर्ने प्रहरीले गैहकानुनी रुपमा नेपाल प्रवेश गरेका ब्यक्तिलाई छुटदिनु र गैह्कानुनी रुपमा मानवको सीमावारपार गराउने तस्करलाई प्रहरीले संरषण गरेको पनि आरोप लागेको छ । भारतीय कसरी जिल्ला आए भन्ने प्रश्नमा जिल्ला प्रहरी प्रमुख किरण कुँवरले, ‘सवारी पास वितरण गर्ने काम प्रहरीको नभएको र कानुनी प्रकृया पुर्‍याई यात्रा गरेका ब्यक्तिलाई रोकतोक गर्न नमिल्ने’ भन्दै आफ्नो बचाउ गरे । कुँवरले भने, ‘पास वितरण सम्बन्धी कानुनी ब्यवस्था प्रमुख जिल्ला अधिकारीलाई सोध्नुस ।’
विदेशबाट फर्केका नेपालीलाई अपराधी झै विमानस्थलबाट सेनाको स्कटिङमा सेल्टरमा पुर्‍याई त्यहाँबाट सुरक्षा निगरानीमा सम्बन्धीत जिल्लाको क्वारेन्टाईनसम्म पुर्‍याउने गरिन्छ । तर गैह्कानुनीबाटोबाट नेपाल छिरेका भारतीयलाई भने आफु खुसी सार्वजनिक यातायातमा सदरमुकामहुँदै अन्य बजारका होटल–होटलमा लुकीछिपी राखिनु । विरोधपछि पोखराका होटलमा संक्रमण जोखिममा रहेका ब्यक्तिलाई खुल्ला छोड्दा प्रहरी/प्रशासनको मौनतामा प्रश्न उठेको छ ।
‘उद्योगी ब्यवासायीको छाता संगठनको नेतृत्व वारम्बार विवादमा आउँदा संगठनको गरिमामा आँच पुगेको छ । लकडाउन लगत्तै उवासंघको नेतृतव कालोवजारीमा जोडियो अहिले फरी भारतीय भित्राउने काण्डमा मुछिएको छ’ नाम उल्लेख गर्न नचाहने उद्योग वाणिज्य संघका  सदस्यले भने, ‘वारम्बार एकै ब्यक्तिमाथी गैह्कानुनी ब्यवहारको आरोप लाग्नु र कालोवजारी ऐन र संक्रामक रोग ऐन कार्यानवयन गर्ने प्रशासनको मौनतामा अपारदर्शीताको प्रश्न उठ्छ ।’
यी भारतीय ब्यापारी नहुँदा न बेनीको मासु पसल बन्द भएका पनि थिएनन । मासुजन्य उत्पादनले बजार नपाएको पनि थिएन तर उद्योग वाणिज्य संघका सदस्य रहेका स्वदेशी (स्थानीय) ब्यवसायीको ब्यापारमा प्रभावित पार्न गैह्सदस्य भारतीय ब्यापारीलाई ल्याएका हुन ।
विना कोरना परिक्षण भारतीय ल्याएपछि उनीहरुलाई बेनी नगरपालिका, ४ सिङ्गातातोपानीको होटलमा दुई दिन लुकाईएको र स्थानीयले विरोधपछि उद्योग वाणिज्य संघका पदाधिकारी, प्रहरी र प्रशासनले उनीहरुलाई पोखरा पठाई लेकसाईटको एक होटलमा १४ दिन ‘होम क्वारेन्टाईन’ बस्न लगाई पुन:बेनी फकाईएको रहस्य खुलेको हो ।
‘होम क्वारेन्टाईन बस्ने सर्तमा म्याग्दी प्रसासनबाट जिल्ला आउने पास प्राप्त भएपछि हामी बेनी आएका हौं । समुदायले विरोध गरेपछि तातोपानीको होटलमा गै बस्यौं, त्यहाँपनि विरोध भएपछि फेरी पोखरा लेकसाईटका एक होटलमा १४ दिनबसी पिसिआर टेष्ट रिपोर्ट नेगेटिभ आएपछि फर्केका हौं’ भारतीय ब्यापारी पल्टन गुप्ताले भने, ‘लक डाउन सुरु हुँदा यहीं थियौं । एक महिनापछि घर फर्कन पाईने भएपछि घर गएका थियौं । भारतमा झन जोखिमबढ्यो, यता ब्यवसाय भएकोले फर्केका हौं ।’
यस अघिपनि गुप्तासमेतको टोली भारतबाट लुकिछिपी विरंगंज आएर बेनी आउने तयारीमा थियो, उक्त कुरा अनुसन्धान विभागले प्रशासनलाई सुचना दिएपछि भारतीय ब्यापारी उतै रोकिएको र ति अधिकारी सरुवा भएलगत्तै पुन: भारतीय ब्यापारीलाई जिल्ला ल्याईएको श्रोतले दावी गरेको छ ।
‘हामीले पास दिएका होईनौं । ती भारतीय ब्यापारी स्कारपियोमा बेनी आई तातोपानीमा पुगेर लुकी बसेको जानकार िआएपछि उनीहरुलाई पोखरा पठाएका हौं । उनीहरु पोखराको एक होटलमा होम क्वारेन्टाईन बसेर कोरना टेष्टपछि मात्र जिल्ला आउन दिईएको हो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘उद्योग वाणिज्य संघमा हुन गैरहेको निर्वाचनको प्रेसरले भारतका विभिन्न ठाउँबाट ति ब्यापारीलाई विरगंज एकिकृत गराई, कता कताबाट जिल्ला ल्याएको बुझेको छु ।’