FLASH NEWS
  • Loading...

कालिकोटमा पहिरोले दुई घर पुर्‍यो, ८ जना बेपत्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६३ पटक पढिएको
कालिकोटमा पहिरोले दुई घर पुर्‍यो, ८ जना बेपत्ता

|DofUbLdf af9Lklx/f]sf] ljt08f M DofUbL wf}nflu/L ufp“kflnsf, ^ d/fª l:yt klx/f]n] l5ofl5of k/]sf] l/vj:tL . d/fªdf dfq @! hgf j]kQf 5g, @) 3/ klx/f]n] k'/]sf] 5 . z'qmjf/ /ftL k/]sf] ef/L jiff{n] DofUbLdf # hgfsf] d[To', #! hgf j]kQf 5g .

कालिकोटमा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बेपत्ता भएका छन्।
नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका छन। स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीका अनुसार गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएको बताए। बाढीको भल घरमा पसेपछि घर भत्किएको हो। घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन।  बुढाकी छोरी बिमला बुढा घाइते भएकी छन्।
यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ। बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन। घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बेपत्ता छन्।   यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए।
यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छन्।  यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल