FLASH NEWS
  • Loading...

वामदेव निवासमा प्रधानमन्त्री ओलीको दुई घण्टा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३८ पटक पढिएको
वामदेव निवासमा प्रधानमन्त्री ओलीको दुई घण्टा

पार्टी भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवासमा पुगेका छन्। मंगलबार साँझ सात बजेपछि भैंसेपाटी पुगेका प्रधानमन्त्री ओली ९ बजेपछि बाहिरिएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए।
पार्टीको संकट चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री स्वयम भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। उनीहरुबीच के कुरा भयो भन्ने विषय भने खुलाइएको छैन। ओली महासचिब विष्णु पौडेलसहित भैंसेपाटी पुगेका थिए। प्रधानमन्त्री ओली भैंसेपाटीबाट बालुवाटार फर्केपछि पनि महासचिब पौडेल र उपाध्यक्ष गौतमबीच छलफल भएको छ।
मंगलबार उपाध्यक्ष गौतमले पार्टीको संकट टार्न दुबै अध्यक्षले मान्नुपर्ने भनेर ६ बुँदो सहमतिको प्रस्ताव गरेका थिए। जुन प्रस्तवमा प्रधानमन्त्री ओलीले दुबै पद छोड्न नपर्ने व्यवस्थाको थियो। गौतले गरेको प्रस्तव प्रधानमन्त्री ओलीलाई सजिलो पार्ने गरि आएको अवस्थामा प्रधानमन्त्री ओलीले मंगलबार निवासमा पुगेर गौतमलाई भेटेका हुन्।
गौतमको यो प्रस्ताव सार्वजनिक भएपछि उनी फेरि प्रधानमन्त्री ओलीको लाइनमा उभिएको देखिएको थियो। ओलीलाई अप्ठ्यारो पर्दा सँधै साथ दिँदै आएका गौतम पछिल्ला दिनहरुमा भने प्रचण्ड–माधव समूहसँग निकट देखिएका थिए। तर, मंगलबारबाट उनले ‘यू टर्न’ लिएको नेकपाकै नेताहरुले बताएका छन्।
मंगलबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा ओली इतर समूहले बहुमत स्थायी कमिटी सदस्यको बैठक गरेर ओलीले बैठक स्थगित गर्नु अनुचित भएको निश्कर्ष निकालेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र