FLASH NEWS
  • Loading...

कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४१ पटक पढिएको
कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता

सोमबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा रास्कोट नगरपालिका-१ बम्हतोलमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

स्थानीय जयबहादुर शाहीको घरमाथिबाट खसेको पहिरोले उनीसहित ५ जनालाई बेपत्ता बनाएको हो । यस्तै, नरहरिनाथ-८ लालुमा एक किशोर र टाकुल्ला खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् । रास्कोट-१ का टेक टमटाको घर भत्किदा छिमेकी एक किशोरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीकाअनुसार अविरल वर्षाले रास्कोट १ बम्हतोलामा खोलाको पानी बस्तीमा पस्दा घरमा सुतिरहेका ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् ।

त्यस्तै, रास्कोट १ पोतमारास्थित टेक टमटाको घर भत्किदा छिमेकी घरकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको छ । टेककी पत्नी मयसरा र छोरी यशोदा घाइते भएका छन् । त्यस्तै, नरहरिनाथ ८ लालुस्थित निर्माणधीन सडकमा हिड्दै गर्दा पहिरो खस्दा १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता छन् ।

पानी नरोकिउकोले बेपत्ताको खोजी सुरु हुन सकेको छैन । रास्कोट र मुम्रा प्रहरी चोकीबाट विहानै प्रहरी घटनास्थलतर्फ पठाइए पनि बाटोमाठाउ ठाउँमा पहिरो खसिरहेकाले घटनास्थल पुग्‍न कठिनाई भएको डीएसपी ओलीले बताए । प्रहरी टोली अझै पुग्न सकेको छैन ।

source-ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र