FLASH NEWS
  • Loading...

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४६ पटक पढिएको
बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो । मृतकहरुकी आमा होम कुमारी बिक गम्भिर घाईते भएकि छन् । त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरेको छ ।

त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।