FLASH NEWS
  • Loading...

अन्नपूर्णले बाढीपहिरो विस्थापितकालाई हेलिकोप्टरमा पुर्‍यायो राहत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७९ पटक पढिएको
अन्नपूर्णले बाढीपहिरो विस्थापितकालाई हेलिकोप्टरमा पुर्‍यायो राहत

अन्नपूर्ण गाउँपालिकाले हालै आएको बाढीपहिरोले घरमा क्षति पुगेपछि विस्थापित ३ र ४ वडाका ३८ घर परिवारकाकालागी हेलिकोप्टरमा राहत पुर्‍याएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार अन्नपूर्ण गापा, ३ दानाको काप्रे, तितर, द्धारी र ४ नम्बर वडाको कोप्चेपानी, गाडपार र घरापमा बाढीपहिरो विस्थापितकालागी ५० बोरा चामल, १० प्याक तेल, केही दाल र प्रशासन कार्यालयबाट प्राप्त १५ थान त्रिपाल हेलिकोप्टरबाट लगिएको हो ।
‘सडक मार्ग पुरै अवस्द्ध छ । पैदल हिंड्नपनि गाहे छ । सडक खुल्ने कहिले हो कहिले उता जनता भोकै छन, त्यसैले राहतको मुल्यभन्दा धेरै महंगो ढुवानी खर्चगरी राहत सामाग्री पुर्‍याउन लागेका हौं’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘गाउँपालिका र स्थानीय रेडक्रसमा उपलब्ध त्रिपाल, कम्बल समेतका राहत केही दिन अघि नै पुर्‍याएका हौं ।’
साउन महिनालागेयता अन्नपूर्ण गाउँपालिकाको कोप्चेपानीमा ३ घरपरिवार, काप्रेमा २२ घरपरिवार, तितरमा २ घर, द्धारीमा २ घर, गाडपारमा ५ घर, घरापमा ४ घर, तातोपानीमा १४ घर र दोसल्लेमा १० घरपरिवार पहिरोबाट घर क्षित भएर तथा अति जोखिम भएकोले विस्थापित भएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल