FLASH NEWS
  • Loading...

पहिरोमा बेपत्ता एक चालकको शव फेला

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५७ पटक पढिएको
पहिरोमा बेपत्ता एक चालकको शव फेला

शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ बर्षिया किसान शनिवार रातिको पहिरोमा परि वेपत्ता थिए । उनिसँगै बेपत्ता भएका अर्का एक जना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।