FLASH NEWS
  • Loading...

पाँच थुनुवासहित पर्सामा थप ३२ जनामा कोरोना

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३६६ पटक पढिएको
पाँच थुनुवासहित पर्सामा थप ३२ जनामा कोरोना

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् ।
बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी दुई संक्रमितमा एक जना सर्लाही र एक जना बाराका छन् ।
‘९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएका छन्,’ डा. सिंहले भने, ‘अधिकांश कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित देखिएका हुन् ।’
स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार श्रीपुर वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका पाँच भारतीयमा कोरोना संक्रमण देखिएको हो । श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहले उनीहरूलाई गत शुक्रबार संक्रामक रोगअन्तर्गत पक्राउ गरिएको बताए । ‘उनीहरूमा कुनै लक्षण थिएन,’ उनले भने, ‘नियन्त्रणमा रहेका प्रत्येक थुनुवाको अनिवार्य पीसीआर परीक्षण गराउनुपर्ने भएकाले स्वाब संकलन गरिएको थियो ।’ source-ekantipur.com

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र