FLASH NEWS
  • Loading...

कोरोनाबाट मृत्यु हुने चिनियाँ महिला पोखरामा रेष्टुरेन्ट चलाउँथिन्

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९४ पटक पढिएको
कोरोनाबाट मृत्यु हुने चिनियाँ महिला पोखरामा रेष्टुरेन्ट चलाउँथिन्

नेपालमा कोभिड–१९ बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु घटना सार्वजनिक भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४८ वर्षीया चिनियाँ महिलाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

कोभिड–१९ बाट ज्यान गुमाउने ती चिनियाँ नागरिक भने पोखरामा बस्दै आएकी थिइन् । उनले पर्यटकीय सहर पोखरा लेकसाइडमा केही वर्षदेखि रेष्टुरेन्ट चलाउँदै आएको खुलेको छ । साथै उनी १ वर्षदेखि चीन फर्केकी थिइनन् ।

कुनै पनि ट्राभल हिस्ट्री नभएकी ती नागरिकमा कसरी कोरोना भेटियो भन्नेबारे पोखरास्थित स्वास्थ्य निर्देशनालयका अधिकारी पनि अचम्मित छन् । स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं रेफर गरिएकी ती नागरिकमा कोरोना पुष्टि भएको आफूले जानकारी पाएको र कसरी कोरोना संक्रमण भेटियो भन्नेबारे कन्ट्याक्ट टे«सिङ थाल्ने जनाए ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सुरुवातमा पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उनलाई साउन २ गते थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।

काठमाडौं पुर्‍याएपछि पीसीआर परीक्षण क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जस्थित सघन उपचार कक्षमा लगिएकोमा बुधबार मृत्यु भएको हो ।

यसअघि, पोखराबाट हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । संयोगवश उनी उपचारपछि निको भइ घर फर्केका छन् । ती पुरुष कोभिड–१९ संक्रमण पुष्टि हुने पोखरामै पहिलो केस थियो ।

गण्डकीमा हालसम्म १ हजार ३ सय ४५ कोरोना संक्रमित रहेकोमा ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार ९१ जना निको भइ घर फर्केका छन् । श्रोत : सफलआवाजडटकम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल