FLASH NEWS
  • Loading...

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८२ पटक पढिएको
राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा बुधबार वक्तव्य जारी गर्दै उनले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले सङ्घर्ष र बलिदानका ७१ औँ वर्ष पार गर्दै राष्ट्रकै मुख्य राजनीतिक शक्तिमा स्थापित हुन सफल भई राज्यको नेतृत्व गरिरहेको उल्लेख गरे।

कम्युनिष्ट पार्टीको स्थापनासँगै लोकतान्त्रिक आन्दोलनले सामन्तवाद र साम्राज्यवाद विरोधी स्पष्ट दिशा र समाजवादको सुस्पष्ट गन्तव्य हासिल गरेको इञ्चार्ज गुरुङले उल्लेख गरेका छन्। “विसं २०७५ जेठ ३ गते नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठनपश्चात् नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको छ”, वक्तव्यमा भनिएको छ ।

नेपाललाई २१ औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न बलियो आधार तयार पार्नका लागि पार्टीको एकतालाई जोगाउने, अघि बढाउने तथा थप सुदृढ पार्ने सन्दर्भमा पार्टीको आन्तरिक जीवनमा देखिएको समस्यालाई नेतृत्वबीचको सार्थक सम्वाद र सहमतिमार्फत समाधान गरी पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक, सांस्कृतिक एवं भावनात्मक रुपमा अझै एकताबद्ध र सुदृढ बनाउन आजको दिनले प्रेरणा प्राप्त होस् भन्ने कामना उनको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र