FLASH NEWS
  • Loading...

जापान र बेल्जियममा प्रवासीहरुद्धारा पहिरो पीडितलाई सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२० पटक पढिएको
जापान र बेल्जियममा प्रवासीहरुद्धारा पहिरो पीडितलाई सहयोग

जिल्लाका विभिन्न स्थानमा गएको प्राकृतिक विपद, बाढीपहिरोमा परि ज्यान गुमाएकाका परिवार, घाईते तथा घर सम्पित्ति गुमाएका र विस्थापित भएका प्रभावितहरुको पुर्नवास गर्न तथा राहतकालागी प्रवासमा रहेका जिल्लाबासीले आर्थिक सहयोग गरिरहेका छन ।
बुधवार जापानमा रहेका पदम गुर्वजा, मिलन केसी, विमल वुढाथोकीको अगुवाईमा जापानमा रहेका म्याग्दीबासीको अगुवाईमा संकलित २ लाख २६ हजार ५ सय ६३ ओमकुमारी शान्ति कोष मार्फत सहयोग गरेका हुन ।
त्यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमबाट पहिरो प्रभावितहरुको पुर्नवास तथा राहतकालागी २ लाख ११ हजार २ सय ७२ रुपैया ओमकुमारी शान्ति कोष मार्फत सहयोग गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।