FLASH NEWS
  • Loading...

फोटोमा कालीगण्डकीको रौद्ररुप

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४०३ पटक पढिएको
फोटोमा कालीगण्डकीको रौद्ररुप

कालिगण्डकी नदीले आफ्नो रौद्ररुप देखाउँदा तटिय क्षेत्रमा तहल्का मच्चिएको छ ।
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा पर्ने म्याग्दी–मुस्ताङ खण्डमा बग्ने कालीगण्डकी नदीदेखी पश्चिम धौलागिरी हिमालको फेदीमा भारी वर्षाहुँदा त्यहाँबाट झर्ने ठाडा खोलाहरु बौलाए ।
मंगलवार उग्रस्वरुपमा आएका मुस्ताङको लेतेखोला, कैकुखोला, घाँसाखोला, म्याग्दीको रुप्सखोला र तल राहुघाट खोला सवै धौलागिरीबाट झर्ने खोला हुन । बौलाएका खोलाहरु थपिएपछि कालीगण्डकीले पनि आफ्नो रौद्ररुप देखाएको थियो ।
बेनी–घाँसा ४० किमी सडक खण्डमा पर्ने यी खोलामा बाढी आएपछि कालीगण्डकी नदी किनारामा निर्मित बेनी–जोमसोम सडकलाई छियाछिया मात्र पारेन, कालीगण्ड
कीले तटिय क्षेत्रका खेतियोग्य जमिनलाई पनि कटान गरी बासिन्दालाई आतंकित पारेको थियो ।


कालीगण्डकी नदीमा आएको बाढीले भत्काएको अन्नपूर्ण गाउँपालिका, २ भुरुङतातोपानी स्थित तटवन्ध र बेनी जोमसोम सडक । तस्वीर : ओम फगामीको फेसवुकबाट

अन्नपूर्ण गापा, ३ दाना स्थित २२० केभिय प्रसारणलाईनका जोखिमयुक्त टावर । तस्वीर : इन्द्रसिं शेरचन


अन्नपूर्ण गापा, ६ धिरच्याङमा कालीगण्डकीले कटान गरेको क्रसरको क्षेत्र र कालीगण्डकी करिडोर प्रसारणलाईनको जोखिमयुक्त टावर । तस्वीर : लोक खत्री

सदरमुकाम बेनीको कालीपुल र गणेशटोल पछाडी कालीगण्डकी नदी कटानले भत्कदै गरेको बेनी संरक्षण गर्न लगाईउको तटवन्ध । कालीगण्डकीमा बाढीको सतह उस्तै रहेकोले जोखिम बढाएको छ । तस्वीर : कल्पना केसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल