FLASH NEWS
  • Loading...

फेर्ने अर्को कपडा नहुँदा १२ दिनदेखी मराङ–विमका पहिरो पीडितको ज्यानमा एउटै लुगा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९५ पटक पढिएको
फेर्ने अर्को कपडा नहुँदा १२ दिनदेखी मराङ–विमका पहिरो पीडितको ज्यानमा एउटै लुगा

६० वर्षीय भीमप्रसाद जुग्जाली धौलागिरि गाउँपालिका–६ मराङको अवार्ङस्थित जनविकास आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन् । पहिरोमा परिवारका ४ सदस्य गुमाएका उनले १२ दिनदेखि लुगा फेर्न पाएका छैनन् । असार २७ गते बिहानको पहिरोमा ज्यान जोगाएर भागेका गाउँपालिकाका सबै पीडितको हालत यस्तै छ ।
उक्त दिनको छुट्टाछुट्टै पहिरोमा आफन्त गुमाएका र घरखेत पहिरोको जोखिममा परेमा ६० जना विद्यालयमा बसेका छन् । ‘पहिरो जानु दुई दिनअघि कपडा फेरेको हो । पहिरोले परिवारका सदस्यसहित सबै लग्यो । ज्यानमा जे लगाएको थियो त्यही कपडामा बसिएको छ । किरिया उम्केपछि केही उपाय गर्नुपर्ला,’ जुग्जालीले भने, ‘मराङका विस्थापित हामीहरू ४ वटा क्याम्पमा बाँडिएर बसेका छौं । राहत पनि खाद्यान्न र त्रिपालमात्र आएको छ । ज्यानको कपडा फेर्न पाएको छैन, पकाएर खाने भाँडावर्तन छैनन् ।’
पहिरोमा उनले श्रीमती, बुहारी, नाति र नातिनीलाई गुमाएका छन् । घाइते भएकी छोरी तिर्सनाको बेनीमा उपचार भइरहेको छ । भीमप्रसाद र छोरा सुमन त्यो रात घरबाहिर भएकोले बाँच्न सफल भएका हुन् । भीमप्रसादका भाइ ध्यानबहादुरका पनि श्रीमती र दुई छोरीलाई पहिरोले लगेको छ । उनी पनि यतिबेला आपत्कालीन शिविरमा बसेका छन् । दुवै परिवारका ७ जनाको काजकिरिया सुमनले छिमेकीको पिँढीमा बसेरै गरेका छन् । ‘मराङका सबै बस्तीमा घरभन्दा बढी पहिरा छन् । जता हेर्‍यो उतै पहिरो जालाजस्तो देख्छु । पाइलैपिच्छे पहिरोको डर छ,’ पिँढीमा सुतेकोले भागेर बाँच्न सफल ध्यानबहादुरले भने, ‘म यही दुःखी थलोमै छुटें, अब कता जानु ।’
मृत्यु संस्कार सकिएपछि सबैको भेला बसेर बस्ती व्यवस्थापनमा छलफल गर्ने योजना बनाएको वडा कार्यालयले जनाएको छ । अहिले वडाले क्षतिको विवरण संकलन गरिरहेको छ । ‘पीडित परिवारलाई मृत्यु संस्कार पूरा गर्न दिऊँ । पछि उनीहरूलाई परिवारअनुसार सुरक्षित स्थलमा छुट्टाछुट्टै राख्ने योजनामा छौं,’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘पीडितको वर्गीकरण भइरहेको छ । जमिनको पनि भौगर्भिक अध्ययन गराई टहरो बनाएरै पनि सुरक्षित स्थानमा सारिनेछ ।’ पहिरोमा पुरिएर सल्लेरी भीरको टुप्पोमा रहेको मराङको माथिल्लो छेउको दलित बस्ती राम्चेका ५ परिवारका ११ जनाको ज्यान गएको थियो । ६ घरका ४५ जना सामुदायिक भवनमा आश्रय लिएर बसेका छन् । विस्थापितमध्ये धेरै बालबालिका छन् । राम्चेमा पनि राहतस्वरूप खाद्यान्न र त्रिपाल पुगे पनि अरू राहत छैन ।
स्थानीय प्रगति युवा क्वका अध्यक्ष चक्र पुनका अनुसार पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न समेतका राहत आएपनि पीडितहरुकालागी उमेर र लिङ्ग अनुसारका लत्ताकपडा तथा उनीहरुकालागी भाँडावर्तनको सहयोग आवश्यक छ ।
स्थानीयले परिस्थितिका कारण १३ दिने काजकिरियालाई ३ दिनमै सकेका छन् । ‘पाक्न लागेको मकैखेती र भर्खर रोपेको कोदो पहिरोले लग्यो । ज्यालामजदुरी गरी जोडेको अन्नपात सबै पुरियो । न हरमा फेर्ने टालो छ, न जाने ठाउँ,’ ९ जनाको परिवारसहित भवनमा बसेका गंगालाल विकले भने, ‘दाताले दिएको त्रिपाल र चामल छ । तर न खाँबो गाड्ने थलो छ, न चुल्होमा बसाल्ने भाँडो । सधैं यसरी बसेर कसरी चल्ला र, कतै खाँबो गाडेर केटाकेटीलाई ओतमा राख्नपाए, आफूले ज्यालामजदुरीको काम खोज्न निक्लन हुन्थ्यो ।’ धौलागिरि–६ का विभिन्न बस्तीलाई अनुकूलताअनुसार शिविर बनाएर राखेको छ । तर, तल म्याग्दी खोला किनारका कल्लेनीका २८ परिवारलाई भने नजिक सुरक्षित र सबै अट्ने स्थान नमिलेपछि पारिपट्टि ताकमको सिवाङस्थित हेम माविमा पुर्‍याइएको छ । उक्त स्कुलमा ३० बालबालिकासहित ६८ जना बसेका छन् । असार २७ गते नै मालिका गाउँपालिका–७ विममा २४ घरमा पहिरोले क्षति पुर्‍याएको थियो । ७ घरका ८ सदस्यसमेत सम्पूर्ण घरखेत बगेको छ । विस्थापितलाई नजिकैको किसानी माविमा राखिएको छ । उनीहरूलाई अर्को व्यवस्था नभएसम्म गाउँबाट बेनी, पोखरा, काठमाडौं र विदेशमा बसाइँ सरेर ताला लगाएका घरमा राखिने भएको छ ।
वडाध्यक्षको अगुवाइमा गाउँका खाली घर पहिचान गरी घरधनीको सहमति लिएर व्यवस्थापन गर्न लागिएको हो । ‘विस्थापितलाई रित्ता घरमा राख्न घरधनीसँग कुरा भएको छ । यसो गर्दा खाली घरको संरक्षण हुने, विस्थापितको व्यवस्थापन पनि हुने सोचेका हौं,’ मालिका–७ वडाध्यक्ष रेशम जुग्जालीले भने । news source – ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र