FLASH NEWS
  • Loading...

विदेशबाट फर्केका युवाको घर छेउमै पहिरोमा पुरिएर मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५१ पटक पढिएको
विदेशबाट फर्केका युवाको घर छेउमै पहिरोमा पुरिएर मृत्यु

कोरनालाई जितेर घर फर्कदै गरेका यहाँका एक युवकको गाउँ प्रवेश गर्ने ठाउँमै पहिरोमा परी मृत्यु भएको छ ।
दुई बर्ष कुवेत बसेर फर्केका अन्नपूर्ण गाउँपालिका, ३ दाना काप्रेका ३२ बर्षिय युवकको मंगलवार साँझ घर फर्कनेक्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो । वैदेशिक रोजगारीको क्रममा दुई बर्ष कवेत बसेर स्वदेश फर्केका पुन बेनीको क्वारेन्टाईनमा १४ दिनबसेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मंगलवार घर फर्कदै थिए ।
घर पुग्न करिव दुई घन्टा पैदल दुरी बाँकी छँदा तातोपानी नजिकै नागढुङ्गामा हिंड्दै गर्दा माथीबाट झरेको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेनी–जोमसोम सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, २ भुरुङ तातोपानीको नागढुङ्गामा हिंडिरहेको अवस्थामा माथीबाट पहिरो खेसेर पुरिउका पुनको घट्नास्थलमै मृत्यु भएको हो । सोमबार कालीगण्डकी नदीमा आएको बाढीले सडक दर्जनबढी स्थानमा अवरुद्ध भएपछि पुन हिंडेरै घर जाँदै थिए ।
सोमबार पनि पुनका छिमेकी ६५ बर्षिय बलबहाुदर गुर्वजाको स्थानिय भजेनी खोलाले बगाउँदा वेपत्ता छन ।