FLASH NEWS
  • Loading...

अरुणादेखि तारादेवीसम्म खेतीपातीमै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६० पटक पढिएको
अरुणादेखि तारादेवीसम्म खेतीपातीमै

|ns8fpgkl5 km';{bsf v]nf8L v]tLkftLdf Ao:t M ns8fpgn] k'm;{bdf /x]sL /fli6«o dlxnf elnjn l6dsL sKtfg c?0ff zfxL, DofUbLsf] /3'u+uf ufp“kflnsf, # lkKn]l:yt v]tdf wfg/f]kfO{df /dfp“b} . ns8fpgn] k'm;{bdf /x]sf v]nf8Lx? nfdf] ;dob]vL v]ncEof; 5'6]sf]n] cflTtPsf 5g . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि अन्य क्षेत्रजस्तै खेल गतिविधि पनि शून्य छ । खेलकुदका गतिविधि सुस्ताएसँगै गाउँ फर्केका कतिपय खेलाडी कृषि कर्ममा रमाएका छन् । यीमध्ये एक हुन्, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही ।

हरमा लकडाउनले दैनिकी कष्टकर बनेपछि रघुगंगा गाउँपालिका–३ पिप्ले घर फर्केकी अरुणाको दैनिकी अहिले खेतीपातीमा व्यस्त छ । हरेक दिन प्रशिक्षण वा खेल प्रतियोगिताका लागि मैदानमा देखिने उनको यतिबेला भने बिहान चिया नास्तापछि धानखेत वा कोदोबारीमा पुग्नु दैनिकी बनेको छ । फेरिएको दैनिकीले भलिबल कप्तान कुशल रोपाहार भएकी छन् ।

‘धान रोपेर सकियो । हिजोआज बारीमा कोदो रोप्दैछु,’ उनले सुनाइन्, ‘लकडाउनलगत्तै घर फर्केर बारीमा रोपेका मकै पनि पाकिसके । अझै खेलमा फर्कने छाँट छैन । एउटा रुटिनमा चल्ने गरेको खेलजीवन अस्तव्यस्त भएको छ ।’ गाउँमै साथीभाइसँग फुर्सदमा भलिबल खेलौं भने पनि निरन्तरको झरीले खेल्न नपाएको उनले सुनाइन् । भनिन्, ‘खेल्नै बिर्सेला भन्ने डर लागेको छ ।’ भलिबललाई हिर्काउने उनका बलिया हात आजभोलि कहिले धानखेतमा चल्छ त कहिले कोदोबारीमा । अनि कहिले छुपुछुपु धान रोप्छिन् । अग्लो कदकी सुकिलो पहिरनमा खेल मैदानमा देखिने अरुणा धानखेतमा साथीसंगीसँगै रोपाहार र हलिबाउसेसँग हिलो छ्यापाछ्यापमा पनि उत्तिकै रमाइन् ।
अरुणामात्र होइन, राष्ट्रिय महिला भलिबल टिमकै अर्की खेलाडी कमला पुनको दैनिकी पनि चार महिनादेखि पुर्ख्यौली गाउँमा खेतीपाती र बस्तुभाउ स्याहार्दै बित्ने गरेको छ । पुलिस क्लबमा आबद्ध कमला पनि मालिका गाउँपालिका–३ रुमस्थित खेतीकर्ममै दिन गुजारेकी छन् । धान, कोदो रोप्ने, घाँस काट्ने, आलु खन्ने काममा उनले पनि चार महिना बिताइसकिन् । ‘गाउँमा सधैं गरिरहेको काम गर्न समस्या छैन । तर लामो समयदेखि खेल अभ्यास नहुँदा भने लय टुट्ने डर लागेको छ,’ कमलाले भनिन्, ‘लकडाउन खुल्नेबित्तिकै प्रशिक्षणमा फर्कने योजनामा छु ।’
यस्तै भारोत्तोलनकी खेलाडी तारादेवी पुनको दैनिकी पनि फेरिएको छ । भारोत्तोलनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय पदक जितिसकेकी पुन हिजोआज जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित पुर्ख्यौली गाउँमा खेतीपातीमै व्यस्त छन् । भलिबलबाट खेलजीवनमा प्रवेश गरेकी तारादेवी ०५८ देखि भारोत्तोलन खेलाडी भएकी हुन् । लकडाउनका कारण भने उनी पनि यतिबेला कृषिकर्ममा फर्केकी हुन् । बलियी तारादेवी बाउसे गर्न, घाँस काट्ने र भारी बोक्ने काममा व्यस्त छिन् । ‘यतिबेला कृषिकर्ममा लय फर्कियो, तर लामो समयदेखि अभ्यास छुटेपछि भारोत्तोलनको लय टुटेको छ,’ उनले सुनाइन्, ‘भारी बोक्ने र भारोत्तोलन उठाउने दुवै ‘पावर’ को काम भए पनि तालमेल मिल्दै नमिल्दोरहेछ ।’
फलामसँग खेल्ने मान्छेलाई माटोसँग खेल्न सजिलो भए पनि ढल्कँदो उमेरमा भारोत्तोलनको नियमित अभ्यासमा लामो ग्याप हुँदा चिन्ता लागेको उनले बताइन् । ‘मलाई अब फेरि शून्य तहबाट अभ्यास थाल्नुपर्छ । नियमित अभ्यास टुटेकाले गेमको लय रिकभर गर्न ४–५ महिना लाग्नेछ,’ उनले भनिन् ।
जुकाको टोकाइले रगताम्मे खुट्टा देखाइन् उनले । ‘जुकालाई भए पनि रक्तदान गरेकै छु । तर ज्यानलाई अभ्यासको लोड नपुग्दा मोटाएको छु । घामपानीमा खेतीपाती गर्दा रूप नै बिग्रेको छ । फोटोचाहिँ नखिच्नुहोला,’ उनले भनिन्, ‘लकडाउनमा घर फर्कंदा आलुको तीनपात लागेका थिए, अहिले खनेर खाँदै छौं । एक बाली पाक्यो तर खेल गतिविधि लयमा आएन ।’ अरुणा, कमला, तारादेवी सबै १३ औं दक्षिण एसियाली खेलकुदका पदकधारी खेलाडी हुन् । source – https://ekantipur.com/sports

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल