FLASH NEWS
  • Loading...

बालुवाटारको त्रिपक्षीय छलफल निश्कर्षविहीन, भोलिको स्थायी कमिटी बैठक नरोकिने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१८ पटक पढिएको
बालुवाटारको त्रिपक्षीय छलफल निश्कर्षविहीन, भोलिको स्थायी कमिटी बैठक नरोकिने

पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाका शीर्ष नेताहरुको बैठक निश्कर्षविहीन भएको छ।
आजको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेता माधवकुमार नेपाल सहभागी थिए। करीव तीन घण्टा चलेको छलफलमा कुनै ठोस सहमति जुट्न सकेन।
बैठकमा महासचिव विष्णु पौडेल र अर्का स्थायी कमिटीका सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। आजको त्रिपक्षीय छलफलमा पनि दाहाल र नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको स्रोतले जनाएको छ। तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पद नछाड्ने अडान यथावत राखेका छन्।
यसैबीचको शीर्ष नेताहरुको बैठकले पार्टीको जारी स्थायी कमिटीको बैठक भने नरोक्ने निर्णय गरेका छन्। असार २६ गतेका लागि तय भएको बैठक एकसाता स्थगीत गरेर भोलिका लागि सारिएको थियो। अब भोलिको स्थायी कमिटी बैठक भने सञ्चालन हुने भएको छ।
बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए।
दुवै पक्षका नेताहरुको आ–आफ्नै अडानका कारण असार १० गतेदेखि शुरू भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ यतादेखि अवरुद्द हुँदै आइरहेको छ।
स्थायी कमिटीको बैठक शुरू भए लगत्तै बैठकमै दाहाल–नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा राखेपछि नेकपाको स्थायी कमिटी बैठक अवरुद्द बनेको हो। त्यसयता दुई अध्यक्षबीच पटक–पटक सहमतिका लागि छलफल भएपनि निकास निस्कन सकेको छैन।copy –  https://www.dekhapadhi.com/news/18303

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र