FLASH NEWS
  • Loading...

नेपालमा फेरि सलह पस्ने जोखिम, म्याग्दीमा फेरी देखिए सलह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३३ पटक पढिएको
नेपालमा फेरि सलह पस्ने जोखिम, म्याग्दीमा फेरी देखिए सलह
प्लान्ट क्वारेनटाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेकाे सलह सुचना केन्द्रले मंगलबार र बुधबार दाङ,नवलपुर तथा पर्सा,धनुषा,महोत्तरी,सर्लाही रआसपासका क्षेत्रमा सलह प्रवेश गर्ने संभावना रहेको जनाएको छ ।
केन्द्रका अनुसार भारतको सिमावर्ती क्षेत्रमा छरिएर रहेका सलहहरु केहि संख्यामा दाङदेखि नवलपुरसम्म दक्षिण पश्चिमी वायुकाे सहारामा नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ । त्यसकारण सलह सुचना केन्द्रले तराई तथा तल्लो पहाडी क्षेत्रमा सजगता अपनाउन अनुरोध गरेको छ ।
त्यसैगरी असार २८ गते प्रवेश गरेका सलह वायुको सहारामा उत्तर पश्चिमतर्फ अगाडि बढ्न सक्ने सम्भावना रहेकाले पूर्व तयारी गर्न पनि केन्द्रले अनुरोध गरेको छ ।
त्यस्तै सलह सुचना केन्द्रले भारतको लखनउको आसपासमा देखिएका सलहको झुण्ड टुक्रिएर पर्सा,धनुषा,महोत्तरी,सर्लाही तथा आसपासका क्षेत्रबाट नेपाल भित्रिन सक्ने भएकाले निरन्तर निगरानीकासाथ सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
म्याग्दीमा फेरी देखिए सलह
सलह सुचना केन्द्रले भारतहुँदै चार दिन अघि नेपाल पसेको सलहको फरक–फरक झुण्ड म्याग्दीका विभिन्न गाउँमा देखिन थालेको जानकारी दिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रका वस्तीमा सलहको वथान देखिएका छन । धौलागिरीको मुदी, मराङको खाम्ला क्षेत्र, रघुगंगा गाउँपालिकाको चिमखोलाको माथिल्लो क्षेत्र, अन्नपूर्ण गाउँपालिकाको दाना, घार क्षेत्र र पर्वतको उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको मल्लाजमा सलहको झण्डले बालीमा क्षति गर्न थालेको छ ।
‘चिमखोलाको माथिल्लो क्षेत्रका खेतवाली र घाँसमा लाखौंको संख्याका सलह बसेर खानथालेपछि वालिसमेत गाईवस्तुको खुवाउने घाँसपनि खान थालेका छन’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका गम पुनले भने, ‘खेतीवाली, रुख, झारपात, भुईभरी छपक्कै सलहले छोपेको छ । धपाउन खोज्दा मान्छेलाई पनि टोक्ने गरेका छन ।’
मकै खेती, तरकारी समेत खेतवाली र घाँसमा लाखौंको संख्याका सलहले खान थालेपछि स्थिानीयले थाल ठटाउँदै सलह धपाउने प्रयास गरेका थिए । सलहको झुण्ड आकासमा देखिएपछि काग समेतका चराहरु सलह खान आएका छन । केही समय अघि एउटा झुण्ड म्याग्दीनदी किनारै किनार धौलागिरी वेस क्याम्प तर्फ अर्को थोरै संख्याका सलह मुस्ताङ्ग छिरेको थियो ।
‘ताकमको फाँटभरी सलह छापिएका छन । भर्खरको रोपो, कोदो, मकैमा छपक्कै बसेका सलहले खाएर नाङ्गै बनाउन थालेको छ । ; स्थानिय गोपाल आचार्यले भने, ‘यो सलहलाई माथी लखट्यो पल्तिर जान्छ, सजिलो नरहेछ ।’
त्यसैगरी अर्को सानो झुण्ड अन्नपुर्ण गाउँपालिकाको घार र दाना क्षेत्रमा पुगेको छ । तर यहाँका सलह खेतवारीमा धेरै क्षती भने पुर्‍याएका छैनन । ‘आकासमा धेरै उडेका देखेपछि गाउँले सवैले थाल ढठाउने, कपडाहरु हल्लाउने गरेपछि पातलो हुँदै हराए’ अन्नपूर्ण गापा, ६ घारकी सरिता बरुवालले बताईन । अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्धार, दानाहुँदै मुस्ताङ्गको लेतेसम्म देखिएका छन । कुनै समुहबाट हावाको झोक्काले केही टुक्राएर यता पुर्‍याएको स्थानीयले अनुमान गरेका छन ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल