FLASH NEWS
  • Loading...

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, नाै जना बेपत्ता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८० पटक पढिएको
तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, नाै जना बेपत्ता

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने नाै‌ जना बेपत्ता छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा र व्यास नगरपालिका–९ माझफाँटका एक–एक जना छन् ।
बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै माझफाँटमा पहिरोमा पुरिएकी ७० वर्षीया मैतकुमारी घर्तीको मृत्यु भएको छ । माझफाँटमै केशरबहादुर थापाको घर पुरिएर परिवारका ४ जना बेपत्ता छन् । रिसिङ गाउँपालिकामा पनि पहिराेले अनबहादुर थापाको घर पुरिँदा ५ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । बेपत्ताहरुको उद्धार भइरहेको उनले जानकारी दिए ।