FLASH NEWS
  • Loading...

अवैध रुपमा मिर्गौला प्रत्यारोपण आरोपमा चितवनबाट दुई चिकित्सकसहित चार पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८६ पटक पढिएको
अवैध रुपमा मिर्गौला प्रत्यारोपण आरोपमा चितवनबाट दुई चिकित्सकसहित चार पक्राउ

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा भरतपुरको पुरानो मेडिकल कलेजका दुई चिकित्सकसहित चार जना शनिबार पक्राउ परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी नान्तिराज गुरुङले काठमाडौंबाट आएको मानव बेचबिखन ब्युरोको टोलीले उनीहरुलाई गिरफ्तार गरेकोबताए ।
पक्राउ पर्नेमा अस्पतालका चिकित्सकद्वय डा. सुप्रभात श्रेष्ठ, डा.बालकृष्ण कालाखेती, कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल छन् । ललितपुर जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरु पक्राउ परेका हुन् । यो बाहेक औपचारिक जानकारी आफूसँग नभएको एसपी गुरुङले बताए ।
पुरानो मेडिकल कलेजका निर्देशक डा.मनोहर प्रधानले एक वर्षअघि भएको मृगौला प्रत्यारोपणसम्बन्धी विषयमा उनीहरु समातिएको जानकारी दिए । ‘एक वर्ष अगाडि हाम्रोमा एउटा मिर्गौला प्रत्यारोपण भएको थियो । भक्तपुरको बिरामीलाई ललितपुरको व्यक्तिले मिर्गौला दिएका थिए । विषय त्यही हो,’ डा.प्रधानले भने, ‘नियमअनुसार मिलेन भनेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढेको बुझेको छु । तर हामीले सबै काम ऐन, नियम र निर्देशिकाअनुसार गरेका छौं ।’
अंग प्रत्यारोपण निर्देशिका अनुसार कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सम्मिलित समिति बनाएर काम गरेको उनले बताए । त्यही समितिमा रहेका प्रशासनका प्रतिनिधि र अस्पतालका कानुन व्यवसायी गिरफ्तार भएका हुन् । मिर्गौला प्रत्यारोपणका लागि पुरानो मेडिकल कलेजले मान्यता पाएको र नियम मिचेर केही नगरेको प्रधानले दाबी गरे । source -ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल