FLASH NEWS
  • Loading...

बाढीपहिरोमा तीन जनाको मृत्यु, ३१ जना वेपत्ता, ४३ घर पुरिए, उद्धारकर्मी घट्नास्थल पुग्न सकेनन्, पीडितको अवस्था नाजुक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४४ पटक पढिएको
बाढीपहिरोमा तीन जनाको मृत्यु, ३१ जना वेपत्ता, ४३ घर पुरिए, उद्धारकर्मी घट्नास्थल पुग्न सकेनन्, पीडितको अवस्था नाजुक

अविरल भारी वर्षापछि आएको पहिरोमा परि म्याग्दीमा कम्तीमा ३३ जना वेपत्ता भएका छन । बाढीपहिरोले ४३ घर परिएका छन । ३८ घर जोखिममा छन ।
सदरमुकाम बेनीदेखी करिव ३८–४० किलोमिटर पश्चिम दुर्गम धौलागिरी गाउँपालिका, ६ कल्लनीमा पहिरोमा पुरिएका २ जना शव भेटिएको छ । मृतकको वतन भने नखुलेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । रघुगंगा गाउँपालिका, ६ ठाडाखानीमा ठाडोखोलाले बगाउँदा ललितमान छन्त्याल (५०)को मृत्यु भएको छ ।

जिल्ला विपद ब्यवस्थापन समितिले दिएको जानकारी अनुसार पहिरोमा पुरिएर धौलागिरी गाउपालिका, ६ मराङको रिख,कल्लेनी,राम्चे,नाम्रुक, कम्दी वस्तीमागरी २१ जना, धौलागिरी गापा, ७ ताकममा ३ जना, मालिका गापा, ७ विमको दुलेमा विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) समेत ८ जना गरी ३३ जना अझै वेपत्ता छन ।


धौलागिरी र मालिका गापाकाका बाढीपहिरोमा परी घर गुमाएका, जोखिममा परेका २ सय ४० जना अलपत्र परेका छन । धौलागिरी गापा, ६ मराङको कल्लनीमा पुगेको प्रहरी र स्थानीयले अलपत्र परेकामध्य ७० जनाको उद्धार गरी जनकल्याण माध्यामिक विद्यालयमा पुर्‍याएको छ । पहिरोमा फसेका अन्यको अवस्था शुक्रवार साँझ ६ बजेसम्म खुलेको छैन । पहिरोमा परी घाईते ७ जनाको पनि उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याई घरेलु उपचारगरी राखिएको छ ।

‘पुरै क्षेत्रमा पहिरो धजाधजा परेर पहिरो गएको छ । हामी पनि एउटा टोल (वस्ती)बाट अर्कोमा पुग्न सकेका छैनौं । दिनभर पहिरोमा फसेकाहरुको खोजी गर्दै वित्यो । अहिले त उनीहरुसँग मोवाईट सम्पर्क पनि टुटेको छ’ मालिका गाउँपालिका, ७ विमका वडाध्यक्ष रेशम जुग्जालीले भने, ‘खराव मौषम र पाहिरोले सवै बाटाहरु अवरुद्ध भएकोले खोजी र उद्धारमै समस्या छ ।’
बाढीपहिरोमा उद्धारकालागी सेना, प्रहरी समेतको उद्धार टोली विभिन्न स्थानका पैदलमार्गमा पहिरो पन्छ्याउँदै दरवाङदेखी अघि हिंडेको छ । अझै घट्नास्थल पुगेको छैन । उद्धारकालागी आएको दुई वटा हेलिकोप्टर खराव मौषमको कारण घट्नास्थल पुग्न नसकि फर्केर बेनी स्थित सेनाको ब्यारेकमा ओर्लेको जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ ।

बाढीपहिरोबाट धौलागिरी गापाको मराङ्गमा २० घर, ताकममा ५ घर र मालिका गाउँपालिका, ७ विममा १० घर पहिरोमा पुरिएका छन । त्यसै मालिका गाउँपालिका, ५ देविस्थानको खारवाङमा एक घर, देविस्थान–ताकम जोड्ने झोलुङ्गे पुल र मगरदाङमा २० किलोवाट क्षमताका लघुजलविधुत आयोजनाको पावरहाउस पुरेका स्थानिय सूर्यमुयी युवा क्वलका अध्यक्ष भकघर्ती मगरले बताए । त्यस्तै रघुगंगा गापा, ८ द्धारीमा ३ घर पुरेको छ ।

धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार मराङबाहेक ७ ताकममा पनि बाढीपहिरोले वितण्डा मच्चाएको छ । ताकममा ताकम माध्यामिक विद्यालय, हुलाक कार्यालय, स्वास्थयचौकी भवन समेत सयौं रोपनी धानखेती पुरेको छ । त्यस्तै ५ नम्बर वडा मल्कवाङमा मानवीय क्षति नभएपनि दर्जनबढी पहिरो झरेपछि हेल्थपोष्ट, सामुदायीक भवन, विद्यालय भवनमा ब्यापक क्षति पुऱ्याएको छ । खेतीयोग्य जनिम नष्ट भएको छ ।

राहुघाट खोलामा आएको बाढीले राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल वगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन ।

रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार रहुघाट खोलामा आएकोबाढीले गाउँपालिकाको ८ नम्बर वडा द्धारीमा तीन घर पुरिएका छन । गलेश्वर मोटरपुलबाढीले बगाएपछि रघुगंगा गापा, ३ पिप्लेगलेश्वर खण्डका २१ घरलाई गलेश्वर मन्दीरको धर्मशालामा लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिरानका वस्तीमा गएको भिषण बाढीपहिरोपछि म्याग्दी खोलामा आएको बस्तीले तटिय क्षेत्रको वस्तीमा जोखिम बढाएको छ । बाढीले बस्ती तर्फ कटान थालेपछि सदरमुकाम बेनी मंगलाघाटका अस्थाई प्रहरी चौकी समेत ७ परिवारलाई मंगला आमा समुहको भवनमा राखिएको प्रहरीले जनाएको छ । म्याग्दी खोलाको बाढीले मंगला गापा र बेनी नगरपालिका क्षेत्रका तटिय क्षेत्रमा कटान गरेको छ ।

‘पहिरोले वस्ती पुरै घेरिएकोले स्थानीय, प्रहरी र सेनाको तीन वटा उद्धारकर्ताको टोली घट्नास्थल पुग्ने प्रयास जारी छ । हामी पनि घट्नास्थल जाँदै छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सवै विवरण स्थानीय जनप्रतिनिधीहरुबाट संकलन गरिएका हुन । प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छैन । प्रारम्भीक तथ्याङ्क मात्र हुन ।’