FLASH NEWS
  • Loading...

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५५ पटक पढिएको
अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने औचारिक कदम चालेका छन्।
ट्रम्पले गत मेको अन्त्यतिरै कोरोना महामारीका विषयमा चीनतिर लागेको भन्दै डब्ल्यूएचओबाट अलग हुने घोषणा गर्दै अमेरिकाले दिँदै आएको फन्डिङ रोकेका थिए। युरोपियन संगठन र अन्य संगठनका अधिकारीहरुले आफ्नो निर्णय पुनर्विचार गर्न ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले डब्ल्यूएचओलाई रोकेका फन्डिङको पैसा अन्य क्षेत्रमा प्रयोग गर्ने उद्घोष गरेका थिए।
राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओबाट अमेरिका औपचारिक रुपमा अलग भएकोबारे संयुक्त राष्ट्र र अमेरिकी संसदमा सूचित गरेका छन्। यद्यपि अमेरिका डब्ल्यूएचओबाट अलग हुन भने १ वर्ष लाग्नेछ। अर्थात् यो निर्णय सन् २०२१ जुलाई ६ बाट लागू हुने बताइएको छ।
संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टिफन डुजारिकले अमेरिका डब्ल्यूएचओबाट अलग भएको जानकारी प्राप्त भएको पुष्टि गरे। अमेरिकी सांसद तथा विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य डेमोक्रेट सिनेटर रोबर्ड मेनेन्डिजले पनि यो कुरा पुष्टि गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘कांग्रेसलाई राष्ट्रपतिको कार्यालयबाट यो सूचना प्राप्त भयो। महामारीबीच अमेरिका डब्ल्यूएचओबाट अलग हुने भएको छ। अब अमेरिकाका मानिस बिरामी पर्दा एक्लै सम्हाल्नुपर्ने भो।’
अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीले सीबीएस न्युजको अन्तर्वार्तामा अमेरिकाले डब्ल्यूएचओलाई सुध्रिने मौकासहित केही जरुरी कुरा सुधार गर्न सुझाव दिएको थियो तर उसले बेवास्ता गरेको आरोप लगाए। ‘यही कारण अमेरिकाले डब्ल्यूएचओबाट अलग हुनुपर्यो’, उनले भने।
अमेरिकाले डब्ल्यूएचओमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको थियो। अमेरिकाले सन् २०१९ मा डब्ल्यूएचओलाई ४० करोड डलर दिएको थियो। जुन डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत हुन आउँछ।
अमेरिकाको यो निर्णयपछि डब्ल्यूएचओको आर्थिक अवस्था र कोरोना महामारी रोक्नका लागि तय गरिएको विभिन्न कार्यक्रम सञ्चालनका विषयमा प्रश्न उठ्न थालेका छन्। – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल