- Loading...
डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

- पुनहिल डट कम
- ५ साल अघि
- २३१ पटक पढिएको
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अन्ततः हावाबाट कोरोनाभाइरस संक्रमण फैलिने सम्भावना रहेको स्वीकारेको छ।
यसअघि वैज्ञानिकहरुको समूहले खुलापत्र लेख्दै हावाबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै डब्ल्यूएचओलाई अहिले दिशानिर्देश (गाइडलाइन) हरु संशोधन गर्न सुझाव दिएको थियो।
डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग जोडिएको टेक्निलकल लिड डा मारिया वा केरखोवले आफूहरुले हावाका माध्यमबाट पनि कोरोना फैलिन सक्ने आशंकामात्र गरेको बताएकी छन्।
डब्ल्यूएचओकै बेनेदेत्ता आल्लेग्रान्जीले हावाबाट कोरोना संक्रमण फैलिएको केही प्रमाण प्राप्त भए पनि अझै स्पष्ट भइनसकेको बताइन्।
‘सार्वजनिक स्थानहरु, भीडभाड हुने ठाउँहरु, कम हावा वा बन्द ठाउँहरुमा हावाका माध्यमबाट यो भाइरस फैलिन सक्ने आशंकालाई निकार्न सकिन्न’, उनले भनिन्, ‘यद्यपि यसलाई थप पुष्टि गर्ने प्रमाणहरु खोज्ने काममा हामी लागेका छौँ, त्यसपछि मात्र यथार्थ के हो पत्ता लाग्छ।’
यसअघि डब्ल्यूएचओले यो भाइरस मुख्य गरी संक्रमित व्यक्तिको नाक वा मुखबाट निस्किने सूक्ष्म थोपाहरुका माध्यमबाट फैलिने जनाएको थियो। यही कारण डब्ल्यूएचओ अहिलेको परिस्थितिमा बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, खोक्दा वा हाँछ्यु गर्दा मुख र नाक छोप्नजस्ता दिशानिर्देश सार्वजनिक गरेको छ।
हावाबाट पनि कोरोना फैलिन सक्ने सम्भावना रहेको जनाउँदै छिटै यस विषयमा डब्ल्यूएचओले संशोधित दिशानिर्देश जारी गर्न सक्ने बताइएको छ। – एजेन्सी

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























