FLASH NEWS
  • Loading...

लकडाउनले होटल ब्यवसाय धराशायी हुँदा म्याग्दीका होटल ब्यवसायी पलायन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६५ पटक पढिएको
लकडाउनले होटल ब्यवसाय धराशायी हुँदा म्याग्दीका होटल ब्यवसायी पलायन

कोरना भाईरस संक्रमणको विश्वब्यापी महमामारीले निम्त्याएको लकडाउनले झण्डै चार महिनादेखी बन्द होटल ब्यवसाय धराशायी हुँदा घरभाडा तिर्न नसकेपछि ब्यवसायी पेशाबाट पलायन हुन थालेका छन ।
महंगो घरभाडा तिरेर संञ्चालन गरेका होटल तथा रेष्टुरेन्टहरु घरबेटीले कम्तीमा १५ दिनदेखी १ महिनासम्मको घरभाडा छुट गर्दा समेत खर्च थेग्न नसकेपछि पलाएन भएको बताएका छन । केही ब्यवसायले होटलका सामाग्री नै घरवेटीलाई बुझाएर ब्यवसायबाट पलाएन भएको होटल ब्यवसयाी सघले जनाएको छ ।
‘लामो समयदेखीको लकडाउनको कारण होटल तथा रेष्टुरेन्ट वन्दहुँदा घरभाडा तिर्न नसक्दा धेरै होटल ब्यवसायी पलायन भएका छन । यो अवस्था अझै लम्बिए धेरै ब्यवसायी पेशाबाट पलायन हुने अवस्थामा छन’ होटल ब्यवसायी संघका अध्यक्ष बावुराम आचार्यले भने, ‘धेरै घरवेटीलाई कम्तीमा लकडाउनको वेला तपाईको घरमा अर्को ब्यवसायी आउने अवस्था छैन, ब्यवसायीको परिवार वस्ने कोठा, पानी, विजुलीको भाडाबाहेक बाँकी भाडा छुट दिएर ब्यवसायीलाई रोक्न आग्रह गऱ्यौं, कति ब्यवसायीलाई ब्यवसायको आकार घटाएर भएपनि टिक्न प्रेरित गऱ्यौं तर सकिएन ।’
होटल ब्यवसायी सँघ म्याग्दीका अनुसार कम्तीमा १२ होटल ब्यवसायी घरभाडा बुझाउने अर्को विकल्प नभएको भन्दै पेशाबाट पलाएन भएका छन । संघको तथ्याङ्क अनुसार सदरमुकाम बेनीका होटल कोरला, रुप्से, ह्वाईट हाउस,बृन्दावन, समिक्षा र धौलागिरी होटल खाजाघर रहेका छन । महंगोमा घरभाडा लिएर स्वीमिङ पुलसहितको होटल संञ्चालन तयारीमा रहेको कोरला होटल औपचारिक संञ्चालनमा समेत आउन नआई विस्थापित भएको हो ।
त्यसैगरी पश्चिम मालिका गाउँपालिका केन्द्र दरवाङबजारमा रहेका रुम होटल, ओखरवोट, सिस्नेरी, बुढाथोकी, लाम्मेलातमान र सज्जा होटल तथा रेष्टुरेन्ट समेत १२ वटा होटल सदाकालागी बन्द भएका हुन ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी सघले बन्दाबन्दीको कारण होटल तथा रेष्टुरेन्ट ब्यवसायबाट पलाएन भएका जिल्ला भरको तथ्याङ्क संकलन भैरहेको जनाएको छ । संघमा जिल्लाभर १ सय ७९ साना ठूला होटल, लज तथा रेष्टुरेन्ट आवद्ध छन । ति मध्य सदरमुकाम बेनीमा मात्र ८४ वटा छन । बाँकी सिङ्गा तातोपानी, दरवाङ, बाबियाचौर, गलेश्वर, भुरुङतातोपानी, पोखरेवगर, दाना र घोडेपानी होटल ब्यवसायको मुख्य थलो हुन ।
त्यसैविच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले सोमबार ‘होटल तथा रेष्टुरेन्टलाई धितो मानेर बैंक/वित्तिय संस्थाबाट कर्जा ब्यवस्था, पानी, विजुली, इनटरनेटमा लकडाउन अवधिको छुट, घरधनीको कर्जाको ब्याजमा छुट, र बैंकको ब्याज तथा साँवा गाभेर कम्तीमा २ बर्ष भाका बडाउने ब्यवस्था मिलाईदिन’ जिल्ला प्रशासन कार्यालय मार्फत सघीय सरकालाई ज्ञापन पत्रले ध्यानाकर्षण गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र