FLASH NEWS
  • Loading...

कविता: कृषि प्रधान शरीर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८९ पटक पढिएको
कविता: कृषि प्रधान शरीर


फुकालेर हरका लुगा धानका बिउले छाेपी
काेहिले लाछन शीरै माथि बनाएरै टाेपी
सम्मान हाे कि अपमान हाे बिचित्रै छ आज
हरकाे वस्त्र हटाएर बिउले छाेप्छन लाज !
फाँटैभरि राेपिने बिउ हाेटल भित्र गा छ
मनि प्लान्टकाे हाँगाे सरि गमलामा ला छ
गमलामै फूलाेस फलाेस त्यँहि झुलाेस बाला
जस्ले राेप्छ गमलामा त्यसले त्यही खाला!
नभरिएमा उसकाे भुँडि त्याे धानका भातले
गमलाकै माटाे खावस उभाएर हातले
कसैको छ शीरै माथि टाेपी जस्तै गरि
देखिएकाे टाउकाे पनि खेतकाे गरा सरि
उखरभुमी त्याे टाउकाेमा क्यारि बिउ उम्राे?
थाेपराे कि हिलाे कतै मार्छु भनि जुम्राे!
ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा
तर्सिएलान बच्चा-बच्ची बनमान्छेमा गनि
साताे जाला तर्सिएर यसले छल्छ भनि !
लाेभिएर बाख्रा बाेका आउलान त्यहि चर्न
तिम्रा हरकाे धानकाे बिउले उनकाे भुँडी भर्न!
पात्तिएकाे मार्चे बाेकाे प्यासकाे सधै भाेकाे
लम्किएर आउला त्यतै पूरा गर्न धाेकाे
धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छाेप
दुईटै मात्रै किन नहोस गाभा खेतमै राेप
बाँझै छाडि खेत सबै राेपाँइ शरिर भरि
वस्त्र सरि धानकाे बिउ कम्मर वरिपरि
कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानको विउका भित्रि वस्त्र अनि गलामाला !
खेतैभरि बनमारा घाँटी भरि धान छ
बिदेशी त्याे रड्डी चामल मिठाे मानि खान्छ !
धानकै बिउकाे माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयाे भएन नि देश
(ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्य काेइलीका समेत लेखक हुन)
यो कविता हामीले डिसीनेपालबाट साभार गरेका हौं । –सम्पादक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र