FLASH NEWS
  • Loading...

जवरजस्ती करणी अभियोगमा पर्वतका एक युवा पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०१ पटक पढिएको
जवरजस्ती करणी अभियोगमा पर्वतका एक युवा पक्राउ

१४ बर्सिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका २ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो । खड्काले पर्वतमा नै ट्रयाक्टर चलाउने काम गर्दै आएको पनि प्रहरीले बताएको छ ।
आरोपित खड्काले गत असार १५ गते राती १० बजेको समयमा पर्वत सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका ६ को एक होटेलमा जवरजस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी परेपछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक सुवेदीका अनुसार आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत बिहीबार जबरजस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहीन भएकी बालिकालाई आफन्तहरूको सूचनाको आधारमा सोधखोज गर्दा घटनाक्रम पत्ता लागेर प्रहरीलाई खबर गरेको र उजुरी पश्चात् प्रहरीले नियन्त्रणमा लिएको पीडित बालिकाकी आमाले बताइन् ।
आरोपित खड्काले प्रहरीसँगको बयानमा दुवै जनाको सहमतिमा शारीरिक सम्पर्क राखेको स्वीकार गरिसकेका छन् भने बालिकाको स्वास्थ्य र शारीरिक अवस्था जाँच गरिएको मेडिकल रिपोर्ट आउन १÷२ दिन लाग्नेछ । खडकाले बिहे गर्ने मनसायले नै ती बालिकालाई सम्पर्कमा ल्याएको तथा शारीरिक सम्पर्क राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको भए पनि उनलाईजबरजस्ती करणीकै मुद्दा लाग्छ । नेपालको कानुन अनुसार १८ बर्ष उमेर नपुगेका युवतीसँग सहमतिमै यौन सम्बन्ध राखेको भए त्यो जबरजस्ती करणी ठहर्छ भने २० वर्ष उमेर नपुगेकी युवतीलाई सहमतिमै विवाह गरेको भए पनि बालविवाहको मुद्दा चल्छ ।
पीडित बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले बताएको छ । news source -dhorpatannews.com