FLASH NEWS
  • Loading...

कोरोना पुष्टि भएपछि एक युवकले गरे आत्महत्या

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५७ पटक पढिएको
कोरोना पुष्टि भएपछि एक युवकले गरे आत्महत्या

कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा १ जना १८ वर्षका युवकले आत्महत्या गरेका छन्। सुदूरपश्चिमको बझाङका ती युवाले कोरोना पोजेटिभ आएपछि आत्महत्या गरेका हुन्।
बझाङकाे खप्तड छान्ना गाउँपालिका वडा नं ७ का ती युवा स्कुलमा रहेको क्वारेन्टाइनबाट घरमा गई होम क्वारेन्टाइनमा रहेका थिए । गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले भने, ‘भारतबाट आउनु भा को हो। असार १ गते गरिएको आरडीटी परीक्षणबाट उहाँलाई पोजेटिभ देखायो। स्कुलको क्वारेन्टाइनमा हुनुहुन्थ्यो।’
उनका आमा बुबा समेत नभएकाले मानसिक तनाव भएकाे हुनसक्ने उनले बताए। ‘आमा बुबा नभएका मान्छे, काका काकी सँग बस्दा रहेछन्’, अध्यक्ष रोकायाले भने, ‘कोरोना लागेको भन्ने खबर पाएपछि आत्महत्या गरेछन्। खबर दुःखद छ हामी जाँदै छौं। जिल्लाबाट पनि टोली आउदै छ।’
उनी जेठ १९ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाे अध्यक्ष राेकायाले जानकारी दिए। उनले भने, ‘जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए, पिसीआर परीक्षणको रिपोर्ट ढिला भएको थियो। पोजेटिभ आएछ।’
आत्महत्याको कारण अनुसन्धान नगरेरै भन्न नसक्ने उनले बताए। उनले भने, ‘जिल्लाबाट आउने टोलीले चेकजाँच गरेपछि कारणका बारेमा थाह हुन्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल