FLASH NEWS
  • Loading...

योगेशले भने : पुल भत्किसक्यो, अब पछाडि फर्किने बाटो छैन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०१ पटक पढिएको
योगेशले भने : पुल भत्किसक्यो, अब पछाडि फर्किने बाटो छैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको शक्ति तानातानको किचलो थामिने छाँटकाँट देखिएको छैन।

जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले घेराबन्दी गरेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अफ्ठ्यारोमा परेका छन्। यस्तो अवस्थामा बुधबार छोटो समय बसेर स्थायी कमिटी बैठक स्थगित भएको छ।

उक्त बैठकमा पाँचजना सदस्यले आफ्ना भनाइ राखेका छन्। जसमध्ये एकजना थिए पर्यटन मन्त्रीसमेत रहेका नेता योगेश भट्टराई।

पुल भत्काएरै अघि बढेँ, अब पछि फर्कने बाटो छैन : प्रचण्ड बुधबार बोल्ने अन्य चार जनाले ओलीले दुवै पद छाड्नुपर्ने अभिव्यक्ति दिइरहँदा योगेशले अध्यक्ष दाहालले यसअघि प्रयोग गरेको भनाइ उद्धृत गर्दै पुल भत्काएर यहाँसम्म आइसकेकाले अब पछाडि फर्किन नसक्ने बताए।

‘अहिले पार्टी भित्र देखिएको समस्यालाई लिएर हामी पनि एक दुई ठाउँमा छलफलमा बसेका छौं। दुवै अध्यक्षसँग पनि संवाद भएको छ’, उनले बैठकमा भने, ‘हामी मिलेर अघि बढ्नुको अर्को विकल्प छैन, नत्र कुरो बिग्रिन्छ।’ करिब एक घण्टा बसेको बैठकमा योगेशले अध्यक्ष दाहालतर्फ लक्षित गर्दै पुल भत्काएर अघि बढिसकेको बताए। उनले अब पछि हट्ने कुरा नगर्न आग्रह गरे।

‘हामी पुल भत्काएर यहाँसम्म आएका छौँ। फेरि पुल तरेर पछाडि जाने ठाउँ छैन’, यसअघि अध्यक्ष प्रचण्डले प्रयोग गरेको भाषा उद्धृत उनले बैठकमा भने, ‘नेताहरुले फुटको सन्देश दिनु हुँदैन। दुवै अध्यक्षबीच पनि कुरो भइरहेको छ। आशा छ, पार्टी सही दिशातर्फ अघि बढ्नेछ।’ दुई वर्षअघि अध्यक्ष प्रचण्डले पुल भत्काएरै यहाँसम्म आइपुगेको भन्दै अब पछाडि फर्किने बाटो नरहेको बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल