FLASH NEWS
  • Loading...

विश्वमा कोरोना संक्रमित एक करोड पुगे, पाँच लाख बढीको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
विश्वमा कोरोना संक्रमित एक करोड पुगे, पाँच लाख बढीको मृत्यु

विश्वमा कोरोना संक्रमतिको संख्या एक करोड पार गरेको छ । ​ पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार ५४५ पुगेको छ । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ ।
अहिलेसम्म मृत्यु हुने ५ लाख १ हजार २९८ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ५३७ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।
भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् । त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ ।