FLASH NEWS
  • Loading...

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक असार १६ गते बस्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५७ पटक पढिएको
नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक असार १६ गते बस्ने

सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ।
१० असारमा उद्घाटन भएको बैठक हिजोदेखि बालुवाटारमा चलिरहेको छ। आजको बैठकमा पनि सीमा समस्याकै विषयमा छलफल भएको थियो।
स्थायी कमिटी सदस्यहरूले सीमा समस्या र समाधानका लागि सरकारले गरिरहेको कामबारे आ-आफ्नो विचार राखेका छन्।
आजको बैठकमा दुईजना सचिवालय सदस्यसहित २१ जनाले बोलेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अर्को बैठक यही असार १६ गते ११ बजे बस्ने उनले बताए।