FLASH NEWS
  • Loading...

मास्क लगाउँदा चस्मामा पुग्‍ने बाफबाट कसरी बच्‍ने?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
मास्क लगाउँदा चस्मामा पुग्‍ने बाफबाट कसरी बच्‍ने?

चारवटा सामान्य काम गरे मास्कको माथिल्लो भागबाट नाकको बाफ चस्मामा पुगेर दृष्‍टीलाई अवरोध गर्दैन।

जब तपाईं मास्क र चस्मा एकै पटक लगाउनु हुन्छ, चस्मालाई बाफले ढाक्ने समस्याबाट पीडित हुनुभएकै होला।

चस्मा नलगाई पनि भएन, कोरोनाको कहरका बीच बाहिर निस्कँदा मास्क पनि अनिवार्य पहिरन भइसक्यो।

तर चिन्ता नगर्नूस्, मास्क र चस्मा एकै पटक लगाउँदा पनि बाफले नछेक्ने सजिलो उपाय छ।

चारवटा सामान्य काम गरे मास्कको माथिल्लो भागबाट नाकको बाफ चस्मामा पुगेर दृष्‍टीलाई अवरोध गर्दैन।

१. कुनै टिस्यु वा न्याप्किन मास्कको चौडाइअनुसार फोल्ड गर्ने
२. फोल्ड गरेको टिस्युलाई, मास्कको माथिल्लो भागसम्म मिलाएर राख्‍ने
३. टिस्यु पेपरसहित मास्कलाई टम्म, आँखा नघोच्‍ने गरी मिलाएर लगाउने
४. बाफ आए नआएको चेक गर्ने र आवश्यकताअनुसार नोज गार्डलाई मिलाउने