- Loading...
लगानी बोर्डद्वारा म्याग्दीका दुई आयोजना समेत एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

- पुनहिल डट कम
- ५ साल अघि
- ४९८ पटक पढिएको
लगानी बोर्डले म्याग्दीमा पर्ने कालीगण्डकी गर्ज र म्याग्दीखोला जलविधुत समेत एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ।
शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो।
बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि रु ७८ अर्ब ६५ करोड, १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि रु २८ अर्ब ६ करोड, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि रु १३ अर्ब ५७ करोड, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत्का लागि रु १० अर्ब ३१ करोड र ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि रु ६ अर्ब ३० करोडबराबरको लगानी स्वीकृत गरेको हो ।
त्यसैगरी बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि रु ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि रु १५ अर्ब ५ करोड लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ।
बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ।
कोभिड–१९ का कारण मुक्तिनाथ केबलकार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि बैठकले थप गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























