FLASH NEWS
  • Loading...

दरवाङ तटवन्ध : २९ बर्षयता हिउँदमा लगायो बर्खा बगाउँछ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९२ पटक पढिएको
दरवाङ तटवन्ध : २९ बर्षयता हिउँदमा लगायो बर्खा बगाउँछ

मालिका गाउँपालिकाको केन्द्र तथा जिल्लाको दोस्रो ठूलो ब्यापारिक बजार दरवाङको पश्चिम किनारामा म्याग्दी नदीबाट बर्षेनी हुने कटान रोक्न जेठ–असारमा हतारगरी तटवन्ध लगाउँदा साउन/भदौको बाढीले बर्षेनी बगाउने गरेको छ ।
पछिल्लो २९ बर्षयता दरवाङ बजार संरक्षण गर्न बर्षेनी हिउँदमा तटवन्ध गर्ने र बर्खाको भेलले बगाउने गरेको छ । ०५८ साल भदौ ३ गते म्याग्दी खोलामा आएको बाढीले जनप्रीय माध्यामिक विद्यालयको भवन समेत बजारको धेरै भाग कटान गरेपछि सुरु भएको ग्याभिन तटवन्ध बर्षेनी हिउँदमा निर्माण गऱ्यो, साउन/भदौको भेलले बगाउने समस्या दोहोरिने गरेको छ ।
साविक जिविस/गाविस, भु संरक्षण कार्यालय र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, साँसद क्षेत्र विकास कोष समेत विभिन्न निकायले ग्याभिन जालीको तटवन्ध लगाउँदा बाढीले बगाएपछि गत वर्ष स्थानीय मालिका गाउँपालिकाले ३३ लाख खर्च गरेर मेसिनरी वाल लगाई तटवन्ध गरेको थियो ।
‘०५८ सालमा विद्यालय समेत बगाउने गरी म्याग्दी खोलाले कटान गरेपछि यो स्थानमा बर्षेनी तटवन्ध लगायो, बर्खाको बाढीले बगाउने गरेको छ । बालुवामा पानी खन्याए जस्तै बर्षेनी हिउँमा लाखौं रुपैयाले छेक्यो, बर्खा बाढीले बगाउँछ’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘हामी निर्वाचित भएपछि पनि दुई बर्ष बगायो । यो बर्ष त डिपिआर तयारपारी आरसिसि वालको नयाँ मोडेलमा तटवन्ध थालेका छौं ।’
मेसिनरी वालपनि गत बर्खाको बाढीले बगाएपछि अहिले दरवाङ बजार संरक्षण गर्न सुरु गरिएको आरसिसी पक्की तटवन्ध गर्ने काम असारमा धमाधम गरिदैछ । पक्की आरसिसी वाल लगाउन भैरहेको ग्याभिन जालीको तटवन्ध भत्काएको र नयाँ आरसिसी वाल लगाउने काममा ढिलाई गर्दा म्याग्दी खोलाबाट कटानको जोखिम बढेको हो ।
मालिका गाउँपालिकाको केन्द्र तथा जिल्लाको दोस्रो ठूलो ब्यापारिक बजार दरवाङको पश्चिम किनारामा म्याग्दी नदीबाट बर्षेनी हुने कटान रोक्न उपभोक्ता समिति मार्फत भैरहेको पक्की आरसिसि वाल निमार्ण ढिलाईले जोखिम बढाएको छ ।
मनसुन सुरु भै खोलामा पानीको सतह बढेको तथा आरसिसि वालको छेउ–छेउमा ग्याभिन लगाउन ढिलाई हुँदा कटानको जोखिम बढेको हो । जेठ अन्तिम दिन खोलामा आएको बाढीले आरसिसी वाल लगाउन प्रयोग भएको सिमेन्ट, कंक्रिट र बालुवा मोल्ने मिक्सर मेसिन नै बगाएपछि स्थानिय त्रसित भएका छन ।
‘म्याग्दी खोलाको धार परिवर्तन गरी आरसिसि पक्की वालको फाउण्डेसन राखिएको हो । फाउण्डेसन राख्ने क्रममा दायाँ–बायाँ लगाएको पुरानो ग्याभिन भत्काईएको छ । अहिले म्याग्दीखोलामा पानीको सतह बढेपछि खोला सोझै वालमा ठोकिन आएकोले ग्याभिन भत्काईउको खाली भागबाट बाढी पस्ला भन्ने त्रास छ’ मालिका गाउँपालिका, ६ दरवाङका वडाध्यक्ष सन्तनाथ जैसीले भने, ‘वाल त माथी उठेको छ तर सेटिङ नहुँदै बाढीले हानेकोले भत्कन सक्छ । उचाई पनि पानीको सतहदेखी ४ मिटरमात्र रहेकोले बर्खा माथी चढ्ने खतरा उत्तिकै छ ।’
संघिय साँसदको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत २५ लाख तथा स्थानीय गाउँपालिकाको ५५ लाख लागतमा उपभोक्ता समिति मार्फत तटवन्ध निर्माण सुरु गरिएको हो ।
बर्षेनी बाढीले ग्याभिन तथा मेसिनरी वालको तटवन्ध बाढीले बताएपछि यस बर्षदेखी गाउँपालिकाले डिपिआर तयार पारी दरवाङ–विम–मुना–ढोरपाटन जाने सडक समेत यही तटवन्धमाथीबाट निर्माण गर्ने गरी १ सय ६० मिटर लामो पक्की आरसिसि वालको मोडेलमा काम थालेको हो । यो बर्ष भने ४५ मिटर मात्र वाल निर्माण भैरहेको छ । गाउँपालिकाले छुट्टै २१ लाख खर्चेर पुरानामाथी नयाँ ग्याभिन तटवन्ध थपेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल