FLASH NEWS
  • Loading...

लकडाउनलाई थप कडा बनाउँदै सरकार, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६५ पटक पढिएको
लकडाउनलाई थप कडा बनाउँदै सरकार, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

सरकारले नयाँ मापदण्ड ल्याउँदै लकडाउनका बेला अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजे (७ घण्टा)सम्म हिँडडुल गर्न पूर्ण निषेध गरेको छ।

गृह मन्त्रालयले लकडाउनलाई थप व्यवस्थित गर्न ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ ल्याउँदै दैनिक ७ घण्टा हिँडडुलमा पूर्ण निषेध गरेको हो।

गृहले नयाँ मापदण्ड आज सार्वजनिक गरेको हो। यो मापदण्ड तुरुन्त लागू हुने जनाइएको छ।

‘यस सुरक्षा मापदण्डमा उल्लेख भएका व्यवस्थाहरूले उल्लंघन गरेमा अत्यावश्यक सेवा ऐन, २०१४, संक्रामक रोग ऐन, २०२०, मुलुकी अपराध संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ’, गृहले ल्याएको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ मा भनिएको छ ।

विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यहरू गर्नैपर्ने अवस्थामा तोकिएको सामाजिक दूरीको सुनिश्चितता गरी १५ जना भन्दा बढी भेला हुन नहुने नयाँ मापदण्डमा उल्लेख छ।

मापदण्डमा मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनले चालक, सहचालक बाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार गर्न नपाउने व्यवस्था गरिएको छ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण, विकास निर्माणजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा एक स्थानमा एकपटकमा १० जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकहरू, दीर्घरोगीहरू, सुत्केरी, गर्भवती महिला, १० वर्ष भन्दा कम उमेरका बालबालिका र अशक्तहरूलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनमा बाहेक आफ्नै घरमा रहन प्रोत्साहित गर्ने मापदण्डमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र