FLASH NEWS
  • Loading...

म्याग्दीका यातायात ब्यवसायीलाई राहत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७१ पटक पढिएको
म्याग्दीका यातायात ब्यवसायीलाई राहत

म्याग्दी यातायात ब्यवसायी कम्पनी प्रालिले आवद्ध १ सय ६० सदस्य यातायात ब्यवसायीलाई १२ लाख राहत वितरण गरेको छ ।
चैत ११ देखी लागु गरिएको लकडाउनको कारण घर/ग्यारेजमा सवारी साधन थन्क्याएर बसेका यातायात ब्यवसायीलाई दैनिक जीवन निर्वाहमा सहयोग पुर्‍याउन शुक्रवार बेनी नगरपालिका, २ हाँडेभिर स्थित कार्यालयमा ब्यवसायी सदस्य बोलाई जनही ७ हजार ५ सयका दरले राहत वितरण गरेको कम्पनीले जनाएको छ ।
‘लकडाउन केही खुकुलो भएपनि सार्वजनिक यातायात सहज संञ्चालन तत्तकाल सहज छैन । लकडाउन भर्खरै खुलेपनि बर्खा लागेकोले ग्रामिण सडकहरु बन्द भएका छन । तीन महिनादेखी थन्क्याएका सवारी साधन मर्मत संभार नगरी चलाउन सकिने अवस्था पनि छैन’ कम्पनीका सचिव सुमन श्रेष्ठले भने, ‘बैंकको ऋण तिर्ने देखी वेलुका विहान परिवारको चुहृो वाल्ने एक्लो माध्यम यातायातका साधन हुन । यी वन्द भएपछि धेरै ब्यवसयाीको दैनिकी कष्टकर बन्न थालेकोले राहत दिएका हौं ।’
त्यसैविच यातायात ब्यवसायी राष्ट्रिय महासँघले लक डाउन सहज बनाउनुको साथै यातायात ब्यवसायीले बैंकमा तिर्नु पर्ने किस्ता कम्तीमा ३ महिना पछाडी सार्न, ब्याजमा केही छुट गर्न र लामो समयदेखी थन्किएका सवारी साधन मर्मत गरी पुनः संञ्चालन योग्य बनाउन कम्तीमा १–२ लाख ऋण थप गरिदिन सरकारसँग माग गरेको छ ।

तस्वीर सौजन्य ः सुमन श्रेष्ठ, सचिव म्याग्दी यातायात ब्यवसायी कम्पनी प्रालि, म्याग्दी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र