FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित, मनाङमा भेटियो पहिलोपटक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०६ पटक पढिएको
गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित, मनाङमा भेटियो पहिलोपटक

मनाङमा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन् । योसँगै आज गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मनाङमा पहिलो पटक संक्रमण देखिएको हो । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको छ । आज भेटिएकामा नवलपरासी पूर्वका १८ जना रहेका छन् । बिहीबार मनाङ १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला  र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८  पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ८९ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका २३ जना पुरुष सहित बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८२ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २८ जना पुरुष र १ महिला , गोरखाका ३३ जना पुरुष र ३ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङमा  बिहीबारपहिलोपटक संक्रमित फेला परेका हुन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० रहेको छ ।

संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल