FLASH NEWS
  • Loading...

क्वारेन्टाइनमै बिहे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९४ पटक पढिएको
क्वारेन्टाइनमै बिहे

घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् ।
घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति १०:३० बजे विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए । क्वारेन्टाइनमा बसेको २२ दिन पुगेपछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको र त्यसै दिन विवाह गराइदिएको उनले बताए ।
‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्दैरैछ । ९ महिना पुगेपछि असारमा विवाह गर्न नमिल्ने विश्वास भएकाले जेठभित्रै रातारात विवाह गराइदिनुपर्ने भयो,’ उनले भने, ‘मन्दिरमा गएर विवाह गर्ने स्थिति नभएपछि मैले नै मन्त्र पाठ गरेर वरपीपललाई साक्षी राखेर विवाह गराइदिएँ ।’ उनीहरुलाई एक सातासम्म फरकफरक कोठामा अरुसँग नछोइने गरी बस्न अनुरोध गरी पठाएको उनले बताए ।
भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए । ‘घरपरिवारले नस्वीकारेका कारण विवाह भएको थिएन । अहिले कोरोनाका कारण नेपाल आएपछि घरमा पनि कुरा भयो,’ वलीले भने, ‘घरपरिवारले मानेपछि क्वारेन्टाइनमै विवाह गर्नुपर्ने भयो । हतारमा सबै प्रक्रिया पुऱ्याउन सकिएन । मन्त्र पढेर सिन्दुर हालियो ।’

कोरोना संक्रमणको जोखिमबाट बच्न एक साता छुट्टै बस्नुपर्ने नियम पालना गरिरहेको चौधरीले बताइन् । ‘सबैको सुरक्षाका लागि नियम पालना गर्नुपर्ने भयो । राम्रैसँग विवाह गर्ने विचार थियो तर मिलेन,’ उनले भनिन्, ‘यसैमा भए पनि खुशी भएका छौं ।’ यातायात नचलेका कारण केटीतर्फका परिवार विवाहमा सहभागी हुन पाएनन् । केटातर्फका भने सबै परिवार जुटेर सामाजिक दूरी कायम राखेर विवाह गरेको चौधरीले बताइन् । ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल